४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

श्रीमतीले दुर्ब्याबहार गरेको भन्दै हत्या, शवलाइ पारे २ सय टुक्रा



लन्डन । बेलायतबाट एउटा असाध्यै हृदयविदारक घटना सार्वजनिक भएको छ, जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या मात्र होइन, उनको शवका २०० भन्दा बढी टुक्रा पारेका छन् ।

श्रीमतीको जघन्य हत्या गरेपछि अभियुक्त २८ वर्षीय निकोलस म्याटसनले यसलाई अस्वीकार गर्दै आए पनि शुक्रबार (गत ५ अप्रिल) अदालतमा उनले आफ्नो अपराध स्वीकार गरेका छन् । आरोपित मेटसनले २६ वर्षीया होली ब्राम्लीको हत्या गरेको घटनाले सिंगो बेलायतलाई स्तब्ध बनाएको जनाइएको छ ।

बीबीसीका अनुसार अभियुक्त निकोलस म्याटसनले आफ्नी श्रीमतीको यति निर्ममतापूर्वक हत्या किन गरे ? यसको ठोस कारण अहिलेसम्म फेला परेको छैन । अचम्मको र डरलाग्दो कुरा के छ भने आफ्नी श्रीमतीको निर्ममतापूर्वक हत्या गरिसकेपछि निकोलसले उनका रिरका अंगहरु विस्थापित गर्नका लागि साथी जोसुवा ह्यान्ककको सहयोग पनि लिएका थिए जसका लागि उनले उनलाई ५० पाउण्ड दिएका थिए । उनले नै यो कुराका अदालत समक्ष खुलासा गरेका हुन् ।

आरोपित व्यक्ति मेटसनले मार्च महिनामा हत्या गरेका थिए । मृतक ब्राम्ली २७ मार्च २०२३ मा आफ्नो घर फर्किंदै गर्दा कैद गरिएको सिसिटिभी फुटेजमा हराइन् । यो हत्या गरेपछि आरोपितले केही सातादेखि मार्चमा भएको हत्याको आरोपलाई निरन्तर अस्वीकार गर्दै आएका थिए । यद्यपि मेटसनले कथित रूपमा प्रहरीहरूलाई भने कि ब्राम्ली मार्च १९ मा महिला सहायता समूहसँग गएकी थिइन ।

अदालतले अब सोमबार (मार्च ८) मा उनको सजायको फैसला सुनाउदैँछ ।

आरोपी निकोलसले आफ्नी श्रीमतीको हत्या गरेपछि उनको अवशेष भान्साकोठामा राखेका थिए । अभियुक्तले उनलाई धारिलो चक्कुले प्रहार गरी शवलाई बाथरुममा टुक्रा पारेका थिए । परिवारका सदस्यबाट उजुरी आएपछि प्रहरीले ब्राम्लीको स्वास्थ्य अवस्थाबारे अनुसन्धान थालेको थियो ।

मार्च २४ २०२३ मा लिंकनशायर पुलिसले दम्पतीको घर निरीक्षण गरेको थियो। सो क्रममा प्रहरीले फ्ल्याटबाट एमोनिया र ब्लीच पाउडरको गन्ध पनि पाएपछि उनीहरुलाई शंका लागेको थियो । यसपछि बाथरुमको बाथटबमा रगतले लतपतिएको र भुइँमा कालो धब्बा देखिएको देखियो । जब यी दागहरू फोरेंसिक रूपमा जाँच गरियो, तिनीहरू ब्राम्लीको रगत भएको पाइयो ।

घर हेर्दा भर्खरै मर्मत गरिएको जस्तो लागेको प्रहरीको भनाई छ । प्रहरी सोधपुछको क्रममा मेटसनले आफ्नी श्रीमतीको हातबाट घरेलु दुर्व्यवहारको सिकार भएको दाबी गरेका छन् । उनले आफ्नो हातमा चोटको निशान पनि देखाए । दुवैले सन् २०२१ मा विवाह गरे र  छुट्टिने तयारीमा थिए । त्यही बेला यो घटना भएको जनाइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ७ : ३६ बजे

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर