२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

स्तनपान सप्ताहसंगै रोटाखोप बारे तिलोत्तमामा सहजीकरण कार्यक्रम सम्पन्न



तिलोत्तमा । तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज तिलोत्तमा मणिग्राम स्थित नलिनी खोप केन्द्रमा स्तनपान सप्ताह तथा रोटा खोप सम्बन्धि सहजीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको नियमित खोपको उदघाटन गर्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीले बच्चा र आमाको स्वास्थ्यका लागि स्तनपान एकदमै महत्वपुर्ण रहेको बताएकी छिन ।
उनले पछिल्लो समय झाडापखालाको अचुक खोप रोटा खोप समेत बच्चालाई खुवाउनुपर्ने बताइन । स्तनपान सम्बन्धि गलत धारणालाइ चिर्दै सामाजिक एकता बिश्वास र पारिवारिक सुखका लागि स्तनपानको बिशेस महत्व रहेको उनको भनाइ छ ।

तिलोत्तमा नगरपालिका वार्ड नम्बर ६ का अध्यक्ष सुखदेव न्यौपानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले स्तनपान र रोटाखोपले बालबालिका मात्रै नभई आमाको स्वास्थ्य र प्रत्यक्ष रुपमा देश बिकाशमा टेवा पुग्ने बताए । उनले स्तनपान अमृत समान नारामै मात्र सिमित नभएर बास्तवमै अमृत रहेको पनि बताए ।

त्यस्तै सो कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वार्ड नम्बर ६ का अध्यक्ष सुखदेव न्यौपानेले पूर्ण सरसफाई प्रबर्धन र पूर्ण खोपको प्रतिबद्दता मा सबैले साथ् दिनुपर्ने बताए । सो कार्यक्रममा स्तनपान र खोपको महत्वका बारेमा तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मोतिप्रसाद पौडेल, स्वास्थ्य स्वयमसेविका भगवती पौडेल, स्वस्तिका भण्डारी लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ३ : ४६ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात