२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बुटवलको कोरोना अस्पतालमा बिरामीलाई औषधी पुर्याउन सिस्टर रोबोट



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको बुटवलको कोरोना विशेष अस्पताल धागोकारखानामा विरामीलाई औषधी पुर्याउन सिस्टर रोबोट प्रयोग गरिने भएको छ ।

त्यसकालागि युएनडिपीले रोबोट उपलब्ध गराएको छ । युएनडिपिका प्रदेश संयोजक सुदीप अर्याल र प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण खनालले रोबोट बुधबार अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापालाई हस्तान्तरण गरे ।

कोरोनाका लक्षण देखिएका तथा सिकिस्त भएका र आइसीयुमा राख्नु पर्ने बिरामी यस अस्पतालमा छन् । संक्रमीतसंग हेलमेल भइराख्नुपर्ने नर्शको सुबिधा र उनीहरुलाई संक्रमणबाट जोगाउन रोबोट उपलब्ध गराएको युएनडिपिका प्रदेश संयोजक सुदिप अर्यालले बताए ।

२ लाख लागतको रोबोट रोबिक एसोसिएसन नेपालले तयार गरेको हो । एसोसिएसनका अध्यक्ष विकास गुरुड.का अनुसार रिमोटको कन्ट्रोलबाट चल्ने रोबोटले औषधी, खानेकुरा, लुगा विरामीसम्म पुर्याउन सक्छ । रोबोटमा भिडियोबाट ५ सय मिटर परसम्मको भिडियो लिन सकिन्छ ।

भिडियो क्यामेराका माध्यमबाट बिरामीसग लाइभ हेर्र्न सकिन्छ । ट्याब्लेट प्रयोग गरिएकाले नर्श र विरामीबीच कुरा गर्न सकिन्छ । विरामीको नर्सले बिरामीलाई गर्ने हेरचाह रोबोटले गर्ने भएकाले त्यसको नाम सिष्टर रोबोट नाम राखिएको हो ।

युएनडिपीले काठमाडौंको टेकु अस्पतालमा पनि सिष्टर रोबोट उपलब्ध गराएको छ । कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले सिष्टर रोबोटले नर्सहरुलाई कोरोना संक्रमणको जोखीमबाट बचाउन सहयोग पुग्ने बताए ।

केही व्यवस्थापनका काम गरेर रोबोट प्रयोगमा ल्याउने उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ४ : १५ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार