१० श्रावण २०८३, आइतबार | July 26, 2026

कांग्रेसको निष्कर्ष – संसद बन्द गरेर सरकार भाग्यो



काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम गरेको भन्दै संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णयको भर्त्सना गरेको छ ।

आइतबार बिहान संसदीय दलको बैठकले सरकार जनताका समस्याप्रति गैरजिम्मेवार हुदै सरकारले संसदि अन्त्य गरेकोप्रति निन्दा गरेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

लेखकले बैठकका निर्णय जानकारी दिदै भने, ‘प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने तर्क लज्जास्पद छन् । संसदका कुनै पनि काम कारबाही अवरोध गरेको थिएन । सरकारको तानाशाही प्रवृत्तिका कारण २ दिन अवरोध भएको हो । यसको जिम्मा सरकारले नै लिनुपर्दछ । यो निर्णयको कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ । अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध काम नगर्न सरकारलाई कडा चेतावनी पनि दिन्छौँ ।’

सरकारका उपप्रधान तथा गृहमन्त्री नै सहकारी ठगीमा संलग्न रहेको विषयमा छानबिन गर्न माग गर्दा सरकार सदनबाट भागेको कांग्रेसले टिप्पणी गरको छ ।

कांग्रेसले सहकारी ठगिको विश्वसनीय छानबिनको पक्षमा थप दृढताका साथ उभिने निर्णय गरेको लेखकले जानकारी दिएका छन् ।

साथै कांग्रेसले संसदमा विधेयक प्रस्तुत गर्न नसकेको भन्दै सरकार नागरिकका जनजिविकाका सवालमा असफल भएको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ११ : ५३ बजे

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौं । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिनुभएका ४९ वर्षीय पासाङ दावा शेर्पाले

आफ्नो जहाजमाथि आक्रमणको जवाफ युक्रेनलाई दिने इरानको चेतावनी

तेहरान । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग