११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय



नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच संरक्षणमा जुटेका छन् । जिल्लाको कावासोती नगरपालिका क्षेत्रभित्रका गुरुङ समुदाय लोपोन्मुख घाटुनाचको संरक्षणमा जुटेका हुन् ।

गुरुङ समुदायको प्रसिद्ध घाटुनाच पछिल्लो समय लोपोन्मुख हुँदै गएपछि यसको संरक्षण र संवर्द्धनमा स्थानीय गुरुङ अगुवाहरू जुटेको नाचका गुरु तेजबहादुर गुरुङले बताए । गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटुनाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गर्ने चलन रहेको गुरुङले बताए ।

“‘सती’ र ‘बाह्रमासे’ घाटु नाच नचाइन्छ, बाह्रमासे घाटु जुन बेला पनि नाच्ने गरिन्छ, गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाटु नृत्य ठाउँअनुसार फरक-फरक हुने गरे पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै किसिमको हुन्छ”, उनले भने ।

पछिल्लो समय घाटुनाच नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा हराउँदै गएकाले यसको संरक्षणमा आफूहरू जुटेको गुरुङले बताए । पौराणिक कथाहरूमा आधारित घाटुका विभिन्न प्रकारमध्ये सतीघाटु धेरै कम नाच्ने गरिएको छ । यसको सुरुआत र समापन निकै रोचक हुने घाटुनाचका गुरु गुरुङले बताए ।

“हामी युवा अवस्थामा हुँदासम्म हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ, नयाँ पुस्ताको चासो कम छ”, उनले भने, “बसाइँसराइले पहाडबाट हामी तराई आयौँ यहाँबाट हाम्रा छोरा नाति विदेश लागे त्यो सँगै घाटुनाच पनि हराउँदै गयो ।”

बदलिँदो अवस्थाअनुसार नयाँ पुस्तामा संस्कृतिप्रति कम चासो भएकाले घाटु पनि लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ । उनले भने, “पहिला-पहिला घाटु नचाउँदा निकै उल्लासपूर्ण अवस्था हुन्थ्यो, अहिले त संरक्षणका लागि मात्रै भनेर घाटु नचाउन थालेका छौँ ।”

यस नृत्यका लागि रजस्वला नभएका दुई कन्यालाई आफ्नो वेशभूषामा सजाइ नृत्यको प्रारम्भ गरिन्छ । घाटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, सिकार, खेतीपातीबारे व्याख्या तथा अभिनय गरिने गुरुङ समुदायका अगुवा जङ्गबहादुर गुरुङले बताए ।

“घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयवस्तुअनुसार आवश्यक सङ्ख्यामा छानिन्छ”, उनले भने, “यस नृत्यमा रजस्वला नभएका कन्यालाई स्थानीय वेशभूषामा सजाइ मध्ययुगीन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाटु नृत्यको प्रारम्भ गरिन्छ ।”

परापूर्वकालदेखि घाटु नृत्यको प्रारम्भ भएको गुरुङ समुदायको मान्यता रहेको छ । सदियौँ पुरानो सांस्कृतिक नाच भए पनि पछिल्लो पुस्ताको चासो नहुँदा यो नाच नै लोप हुने अवस्थामा पुगेको स्थानीय टलबहादुर गुरुङले बताए ।

“पुरानो पुस्ता सकिँदै जाँदा लोप हुँदै गएकाले यसलाई जोगाउन पाका पुस्ताले भए पनि घाटुनाच देखाउने गरेका छौँ”, उनले भने । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा २०७८ सालको जनगणनाअनुसार गुरुङ समुदायको जनसङ्ख्या १० हजार ९०९ रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  १२ : ०६ बजे

पाल्पा कृषिको प्रचुर सम्भावना भएको जिल्ला : उम्मेदवार श्रेष्ठ

पाल्पा । नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार

सर्लाहीमा गगन थापालाई समर्थन गरेको जेनजी २.० ले रुपन्देहीमा विष्णु पौडेललाई समर्थन गर्ने

बुटवल । यही फागुन २१ गते हुने प्रतिनिधिसभा विर्नाचनमा जेनजी

समृद्ध मुलुककालागि महिलाको जीवनस्तर उकास्न जरुरी छ : उम्मेद्वार खत्री

देवदह । रुपन्देही क्षेत्र नम्बर एकमा कांग्रेसको तर्फदेखि उम्मेद्वार बनेका

पर्सामा सर्वपक्षीय बैठक : दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

वीरगञ्ज । पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११

प्रधानमन्त्री बन्न ‘भिजन’ चाहिन्छ : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरूले