१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद



धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका-१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार युवतीको शव नजिकै एक बालिकाको पनि जीवितै उद्धार गरिएको थियो । “स्थानीयले खबर गरेपछि कपिलेश्वर महादेव मन्दिरदेखि अन्दाजी पाँच सय मिटर दक्षिणतर्फ पोखरीको छेउमा एक युवतीको जल्दै गरेको शव र अन्दाजी आठ महिनाको बालिकाको जीवितै उद्धार गरिएको छ”, उनले भने । उनका अनुसार जीवितै उद्धार गरिएकी बालिकाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुने युवती महोत्तरी मनरासिसवाका अन्दाजी २२ वर्षीय प्रियंका महतोको रहेको डिएसपी अवाले बताए । युवतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  १ : १२ बजे

बुटवलमा असोज १६ देखि रमाइलो बुटवल महोत्सव हुँदै

बुटवल । बुटवलमा असोज १६ देखि ३१ गतेसम्म रमाइलो बुटवल

सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल

बाँके । नेपालगन्जमा ठूलो रकम खर्च गरेर निर्माण गरिएको नगर

मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ

लमजुङ । ढुङ्गाले छाएका घर, गुरुङ संस्कृति, स्थानीय परिकार र

कालीगण्डकीको बाढीले उजाडियो तिल्केनी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै

एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो

काठमाडौं । जापानमा जारी २० औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको