२७ भदौ २०८३, शनिबार | September 12, 2026

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन



केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ । देशको पश्चिमी भागमा हेलिकप्टर दुर्घटनामा उनको मृत्यु भएको राष्ट्रपति विलियम रुटोले टेलिभिजन सम्बोधनमा घोषणा गरेका छन् ।

स्थानीय समय अनुसार बिहीबार दिउँसो उडेको केही समयपछि हेलिकप्टर दुर्घटना हुँदा ओगोला र सेनाका अन्य ९ सदस्यको मृत्यु भएको रुटोले जानकारी दिए । उनका अनुसार दुर्घटनामा दुई जना बाँच्न सफल भएका छन ।

‘केन्या रक्षा बलका प्रमुख जनरल फ्रान्सिस ओमोन्डी ओगोलाको निधनको घोषणा गर्नु पर्दा म गहिरो दुःखी छु,’ उनले भने ।

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानकर्ताहरूको टोली एल्गेयो माराक्वेट काउन्टीको दुर्घटनास्थलमा पठाइएको रुटोले जानकारी दिएका छन ।

ओगोला बिहीबार नैरोबीबाट देशको उत्तरी रिफ्ट क्षेत्रमा भ्रमण गर्न पुगेका थिए । र, चलिरहेको विद्यालय नवीकरणको निरीक्षण गर्न बिहीबार प्रस्थान गरेका हुन ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ९ : ४७ बजे

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ