४ पुस २०८२, शुक्रबार | December 20, 2025

विराटनगर महानगरपालिकामा मात्रै थपिए थप १३ जना कोरोना संक्रमित



विराटनगर । प्रदेश १ को रोजधानी विराटनगरमा कोरोना भाइरसका थप १३ जना संक्रमित थपिएका छन् ।

बिहीबार बिहान विराटनगर महानगरपालिकाका वडा नं. २, ६, ७, ८, १०, ११, र १३मा कोरोना संक्रमण देखिएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमित पुष्टि भएकामध्ये आठ पुरुष र पाँच महिला रहेको महानगरापालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित हुनेहरुमा विराटनगर ११ का सबैभन्दा बढी ४ जना रहेका छन् ।

यसैगरी वडा नं. १३ का ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै वडा नं. ८ का दुई जनामा संक्रमण देखिएको छ ।

यस्तै, वडा नं. २का १ जना, ६ का १ जना, वडा नम्बर ७ का १ जना, वडा नम्बर १० का १ जनामा पनि संक्रमण पुष्टि भएको महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

विराटनगरममा मात्रै अब कोरोना संक्रमित हुनेको संख्या १८३ पुगेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ११ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको