५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

‘बजरंगी भाइजान’ र ‘राउडी राठौर’ को सिक्वेल बन्ने



काठमाडौं । सन् २०१५ मा रिलिज भएको सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ र २०१२ मा रिलिज भएको अक्षय कुमारको फिल्म ‘राउडी राठौर’को सिक्वेलको अपडेट बाहिर आएको छ । यी दुई चलचित्रको काम छिट्टै सुरु हुने निर्माता केके राधामोहनले एक कार्यक्रममा जानकारी दिए । उनीहरुको स्क्रिप्ट तयार भइसकेको छ ।

हालै हैदराबादमा आयोजित फिल्म ‘रुस्लान’ को प्रमोशनल कार्यक्रममा निर्माता राधामोहनले यस्तो बताएका हुन् । यी दुवै फिल्मको स्क्रिप्ट राजामौलीका पिता विजयेन्द्र प्रसादले लेखेको राधामोहनले बताए ।

निर्माताले भने, ‘लेखक विजयेन्द्रप्रसादले मेरो लागि दुईवटा कथा लेखेका छन् । एउटा ‘विक्रमकुडु–२’ हो, जसको हिन्दी सिक्वेल ‘राउडी राठौर–२’ नामबाट बन्नेछ । यसको कथा तयार छ र हामी छिट्टै यसको कास्टिङको काम सुरु गर्नेछौं, यस अवसरमा उनीसँगै लेखक विजयेन्द्र प्रसाद पनि उपस्थित थिए ।

‘बजरंगी भाइजान’को सिक्वेलको बारेमा कुरा गर्दै राधामोहनले यो फिल्मको दोस्रो भागको स्क्रिप्ट पढिसकेकाले छिट्टै सलमानलाई भेटेर यसको कथा सुनाउने बताए ।

यसअघि २०२१ मा फिल्म ‘आरआरआर’ को प्रमोशनल इभेन्टमा सलमानले ‘बजरंगी भाइजान’को सिक्वेल बन्न लागेको कुरा पुष्टि गरेका थिए । २०२३ मा, बलिउड हंगामाले एक रिपोर्टमा यो फिल्ममा पूजा हेगडे मुख्य भूमिकामा देखिने दाबी गरेको थियो। फिल्मको शीर्षक ‘पवनपुत्र भाईजान’ रहनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ४ : ५७ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन