२५ असार २०८३, बिहिबार | July 10, 2026

कोरोना संक्रमित बढ्दै जाँदा अस्पतालहरुले सेवा दिन नसक्ने अवस्था आउने स्वास्थ्य मन्त्रालयको चेतावनी



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालहरुमा स्वास्थ्य सेवा प्रभावित हुनसक्ने चेतावनी दिएको छ ।

मन्त्रालयमा आयोजित नियमित कोरोना प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा. जागेश्वार गौतमले कोरोना भाइरसका संक्रमित बढ्दै जाँदा अस्पतालहरुमा बेड र उपकरणको अभाव हुनसक्ने भन्दै सेवा प्रवाहमा समस्या आउनसक्ने बताएका हुन् ।

प्रवक्ता गौतमले आम मानिसले आवश्यक सावधानी नअपनाएकै कारण संक्रमितको संख्या दिनदिनै बढ्दै गएको भन्दै भने, ‘कोरोना संक्रमण वृद्धि हुँदै गएको छ । यसले अस्पतालको बेड, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको अभाव हुन सक्ने सम्भावना देखिएको छ अहिलेसम्म कोरोनाको औषधि पत्ता नलागेकाले भौतिक दूरी कायम गर्न, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्न मन्त्रालय अपील गर्दछ ।’

गौतमले अस्पतालहरुले धान्न नसक्ने अवस्था आएको भन्दै बेलैमा होसियारी अपनाउन आम नागरिकलाई आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले सरकारी तथा गैरसरकारी कार्यालयमा सभासम्मेलन, गोष्ठी लगायतका भिडभाड युक्त कुनै पनि कार्यक्रम नगर्न पनि गौतमले अपील गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ४ : ४४ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट