४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना संक्रमित बढ्दै जाँदा अस्पतालहरुले सेवा दिन नसक्ने अवस्था आउने स्वास्थ्य मन्त्रालयको चेतावनी



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालहरुमा स्वास्थ्य सेवा प्रभावित हुनसक्ने चेतावनी दिएको छ ।

मन्त्रालयमा आयोजित नियमित कोरोना प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा. जागेश्वार गौतमले कोरोना भाइरसका संक्रमित बढ्दै जाँदा अस्पतालहरुमा बेड र उपकरणको अभाव हुनसक्ने भन्दै सेवा प्रवाहमा समस्या आउनसक्ने बताएका हुन् ।

प्रवक्ता गौतमले आम मानिसले आवश्यक सावधानी नअपनाएकै कारण संक्रमितको संख्या दिनदिनै बढ्दै गएको भन्दै भने, ‘कोरोना संक्रमण वृद्धि हुँदै गएको छ । यसले अस्पतालको बेड, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको अभाव हुन सक्ने सम्भावना देखिएको छ अहिलेसम्म कोरोनाको औषधि पत्ता नलागेकाले भौतिक दूरी कायम गर्न, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्न मन्त्रालय अपील गर्दछ ।’

गौतमले अस्पतालहरुले धान्न नसक्ने अवस्था आएको भन्दै बेलैमा होसियारी अपनाउन आम नागरिकलाई आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले सरकारी तथा गैरसरकारी कार्यालयमा सभासम्मेलन, गोष्ठी लगायतका भिडभाड युक्त कुनै पनि कार्यक्रम नगर्न पनि गौतमले अपील गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ४ : ४४ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता