६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित



बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड एकेडेमीले सौन्दर्यकला क्षेत्रमा सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान तथा र आफ्ना प्रशिक्षार्थी विद्यार्थीहरुलाई दिक्षित गरेको छ ।

बुटवलमा एक औपचारिक कार्यक्रम आयोजना गरी रुपन्देहीमा सौन्दर्यकलाको स्थापना गर्ने, सञ्चार क्षेत्रबाट सहयोग गर्नेलाइ सम्मान गरिएको छ भने एकेडेमीमा रहेर नङ, कपाल तथा स्किनको क्षेत्रमा तालिम लिएकाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । बुटवलकी पुराना शौन्दर्यकला व्यवसायी जेनि श्रेष्ठ, शैलुन व्यवसायी सफातुल्लाह रजालाई सम्मान गरिएको छ भने सञ्चार माध्यममार्फत सौन्दर्यकला क्षेत्रमा कलम चलाएको भन्दै दैनिक पत्रका पत्रकार पुजा पन्थीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले तुलाराम घर्ती कुनैपनी पेशा व्यवासायलाई राज्यले सम्मान गर्नुपर्ने बताएका थिए ।

उनले प्रदेशमा श्रम ऐन बानाउन बाँकी रहेको भन्दै श्रम ऐन निर्माण गरी जस्तोसुकै श्रमिकहरुको माघ सम्बोधन गरिने बताएका थिए । उनले ऐन निर्माण पछि श्रमिकहरुको सुरक्षा र श्रमको मुल्य पनि प्राप्त हुने बताएका थिए ।
कर्मचारी प्रशासनका कारण सरकारले काम गर्न नसकेको भन्दै उनले यसको लागि सरकारले व्यवस्थापन गरिरहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै जेनि श्रेष्ठले ३२ बर्ष पहिले अहिलेको जस्तो सहज अवस्था नभएको बताएकी थिईन । बुटवलमा लेडिजले जेन्सको काट्ने र लेडिजको जेन्सले काट्न सहज थिएन । सिकेको सीप र प्रमाणपत्रको कदर गर्न आग्रह गरेकी थिईन ।

यस्तै सम्मानित व्याक्ति सफा तुल्ला रजाले बुटवलमा अहिलेको भन्दा २५ प्रतिशत मात्र बस्ती रहेको स्मरण गर्दै अहिले व्यवसायीकता बढ्दै गएको बताएका थिए । उनले एकमहिना भित्र दाह्री कपाल काट्न सिकेको उल्लेख गरे। २०४८ देखि दुईबर्ष अर्कैको पसलमा काम गरेर २०५० सालदेखि आफ्नो पसल खोलेको बताएका थिए ।
समृद्धी सलोन एण्ड एकेडेमीका अध्यक्ष एवं सञ्चालक मोहन ठाकुरका अनुसार विभिन्न प्रकृतिको शैलुन, श्रंगार, नेल, आर्ट, हेयर ड्रेस, हेयर कलर लगायत ७० जनालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा नमुना एकीकृत बिकास परिषद्कि ज्ञानु पौडेल, सौन्दर्यकर्मी व्यवसायी मिना प्रधान, सञ्चार प्रतिष्ठान लुम्बिनी प्रदेश संयोजक मिलन गाहा, एकेडेमीका तिलोत्तमा शाखाका अनिल अर्याल पत्रकारहरु भगवती पाण्डे, सुमन श्रेष्ठ लगायतले समृद्धिले सलोन ब्यवसायलाई नया रुपमा बिकास गरिरहेको बताए ।

समृद्धी सलोन तथा एकेडमीका बुटवल, मणिग्राम,बर्दघाट, जितपुर, पोखरा गरि ५ शाखा छन भने यी शाखामा ५० जना बढीले प्रत्यक्ष रोजगारी पाएका छन ।

एकेडेमीमा एकै पटक ४० जना सम्म सिकाउन सकिने ब्यवस्था छ भने २० हजार देखि १ लाख ५ हजार सम्मका कोर्सहरु रहेका छन ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ४ : ३५ बजे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३