५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कोरोना संक्रमित नै तरकारी बेच्दै



विराटनगर । विराटनगर महानगरपालिकामा तरकारी एवं फलफूलको व्यापार गर्दै आएका व्यापारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट बुधबार साँझतिर विराटनगर महानगरपालिका–१७ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रको आइसोलेसनमा भर्ना गर्नलाई उनको खोजीका लागि प्रहरी चौकी मटेरुवा र नगर रक्षकको अलग/अलग टोली परिचालित गरिएको थियो ।

वडाअध्यक्षलाई खवर गरेर प्रहरी सहायक निरीक्षक ताराबहादुर बस्नेतको टोली घरमै पुग्यो । तर उनी घरमा भेटिएनन् । परिवारका सदस्यबाट नम्बर लिएर फोन गर्दा पनि सम्पर्क हुन सकेन । धेरै समयको प्रयासपछि सम्पर्क हुँदा उनी विराटनगर–११ मा रहेको नयाँ गुद्री बजारमा तरकारी बेचिरहेका थिए ।

उनी गुद्री बजारमा तरकारी बिक्री गरिरहेका छन् भन्ने सुनेर उपचारका लागि लैजान नगर प्रहरीका निरीक्षक राजन पौडेलको नेतृत्वमा नगर रक्षकको टोली पुग्यो । टोली पुग्दा उनले काम गर्ने पसलमा तरकारी किन्नेको भीडभाड थियो । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : ०४ बजे

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान