१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

गुगलको पाइथान टिम बर्खास्त



काठमाडौं । टेक कम्पनी गूगलले पछिल्लो समय आफ्नो पुरा पायथन टिमलाई बर्खास्त गरेको छ । कम्पनीले यो निर्णय सस्तो कर्मचारी भर्ना गर्न र आफ्नो लागत घटाउन गरेको फ्री प्रेस जर्नलको रिपोर्टमा उल्लेख गरिएको छ ।

रिपोर्टका अनुसार गुगलले लागत कटौतीका लागि अमेरिका बाहिरबाट सस्तो कर्मचारी भर्ना गर्ने योजना बनाएको छ । पाइथन एक उच्च परिष्कृत, सामान्य उद्देश्य प्रोग्रामिङ भाषा हो । यो गुगल टोलीमा करिब १० जनाले काम गरिरहेका थिए ।

रिपोर्टमा गुगलले जर्मनीको म्युनिखमा स्क्र्याचबाट नयाँ टोली सिर्जना गरिरहेको बताएको छ । यसअघि यस टोलीका १० जनाभन्दा कम व्यक्तिले पाइथनको सम्पूर्ण इकोसिस्टम चलाउँदै आएका थिए । गुगलको यो टोली पाइथनको स्थिर संस्करणलाई कायम राख्न, हजारौं तेस्रो पक्ष प्याकेजहरू अद्यावधिक गर्न र टाइपचेकर विकास गर्नमा संलग्न थियो ।

हालै गुगलले २८ कर्मचारीलाई निकालेको थियो । यी सबै कर्मचारीहरूले इजरायली सरकार र सेनालाई क्लाउड सेवाहरू उपलब्ध गराउने परियोजनाको विरोध गरिरहेका थिए । यसपछि कम्पनीका सीईओ सुन्दर पिचाईले आफ्नो एक ब्लग पोस्टमा कर्मचारीहरूलाई कार्यस्थलबाट राजनीतिलाई टाढा राख्न आग्रह गरेका थिए । त्यसमा उनले कर्मचारीलाई कार्यालयमा आएर आफ्नो काम गर्न र राजनीतिमा नलाग्न आदेश दिएका छन् ।

गुगलले २०२३ को सुरुमा १२ हजार कर्मचारीलाई निकालेको थियो । यस बर्खास्तीको बारेमा सीईओ सुन्दर पिचाईले कुनै पनि संस्थाको लागि चुनौतीपूर्ण समय भएको र विगत २५ वर्षमा हामीले कहिल्यै पनि यस्तो टर्निङ प्वाइन्टको सामना नगरेको बताएका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ९ : २८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा