१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

दराजमै थन्किए १४ हजार थान राष्ट्रिय परिचयपत्र



तनहुँ । राष्ट्रिय परिचयपत्र लिने मानिस नआउँदा १४ हजार थान राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयको दराजमै थन्किएको छ । करिब सात महिना पहिले २०७६ देखि भरिएको राष्ट्रिय परिचयपत्र आए पनि मानिस लिन नआउँदा राष्ट्रिय परिचयपत्र दराजमै थन्किएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयमा १५ हजार थान राष्ट्रिय परिचयपत्र आए पनि हालसम्म जम्मा एक हजार तीन सय २५ जनाले मात्रै लगेको राष्ट्रिय परिचयपत्र शाखाका कम्युटर अपरेटर प्रताप पण्डितले बताए । परिचयपत्र लिन आउँदा पनि फाराम भर्दा जस्तै बायोमेट्रिक प्रणालीबाट रुजु गर्नुपर्ने र प्रणालीले नै सबै मिलेको जनाएपछि परिचयपत्र प्रदान गरिने उनले सुनाए ।

परिचयपत्र आएको बारेमा मोबाइल नम्बरबाट पनि जानकारी हुने पण्डितले बताए । ‘‘राष्ट्रिय परिचय पत्र लिन आउन पनि स्वयं व्यक्ति नै आएर पहिलेकै जस्तो दस्तखत भिडाउनुपर्छ’’, कम्युटर अपरेटर पण्डितले भने, ‘‘२०७६ सालदेखि फारम भरेका अधिकांश विदेश गइसकेकाले पनि परिचयपत्र त्यसै थन्किएर बसेको होला भन्ने हाम्रो बुझाइ छ ।’’

वैशाख दोस्रो साता मात्रै करिब ४० हजार थान राष्ट्रिय परिचयपत्र आइसकेको र केही दिनमा त्यो रुजु गरेर मात्रै सम्बन्धित व्यक्तिलाई प्रदान गरिने योजना रहेको दर्ता सहयोगी जमुना श्रेष्ठले जानकारी दिइन । राष्ट्रिय परिचयपत्र फारम भर्न र लिनकै लागि दैनिक दुई जना कर्मचारी खटाईएको सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउए ।

बिहान १० बजेदेखि कार्यालय समयसम्म राष्ट्रिय परिचयपत्र फारम भर्ने र आएका परिचयपत्र लिने व्यवस्था गरिएको सहायक प्रजिअ भण्डारीले बताए । ‘‘हामीले राष्ट्रिय परिचयपत्र भर्न र लैजान सजिलो होस् भनेर कर्मचारी कार्यालय समयमा खटाउने गरेका छौंँ’’, सहायक प्रजिअ भण्डारीले भने, ‘‘तर आएको परिचयपत्र लैजाने युवा नै यहाँ नभएकोले गर्दा दराजमा नै थन्किएको हुनसक्छ । आफ्नो परिचयपत्र रुजु गरेर लैजान सबैमा अनुरोध गर्दछौँ ।’’

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ४ : २२ बजे

नेपालका सडक मृत्युको पासो कि विकासको आधार ?

काठमाडौँ । नेपालमा सडक दुर्घटना कुनै नौलो कुरा रहेन ।

दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गुल्मी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

दोलखा एमाले नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । नेकपा एमाले निकट मुक्ति समाज दोलखाका नेताहरु तथा

फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्योस् : गृहमन्त्री अर्याल

काठमाडौं । गत भदौ अन्तिम साताको जेनजी आन्दोलनपछि बनेको वर्तमान

नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैङ्क खाता

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा