२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी



बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा चार पालिका अघिल्लो चरणमा प्रवेश गरेका छन् । तिलोत्तमा र देवदह नगरपालिका, शुद्धोधन र कञ्चन गाउँपालिका अघिल्लो चरणमा प्रवेश गरेका हुन ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयले विभिन्न समयमा हुने खेलकुद प्रतियोगिताहरुले खेलाडीको खेल विकाससँगै खेलकुदबाट देश विदेशमा समेत पहिचान बनाउने बताए ।

पछिल्लो समय बुटवल उपमहानगरपालिकाले नगर भित्र हुने हरेक खेलकुदका कार्यक्रमलाई सबै क्षेत्रबाट सहयोग गदै आएको भन्दै नगर प्रमुख पाण्डेयले भने बुटवलको पहिचान बनाउन खेलकुद क्षेत्रको विकासमा उपमहानगरपालिका लागि रहेको बताए ।

भलिबल खेल आफैँमा सबैको रोजाईमा पर्ने खेल भएकाले यसको विकाश गर्ने विद्यालयस्तरबाट प्रतियोगिताहरु सन्चालन गदै खेलाडी उत्पादनमा लाग्नुपर्ने उनको सुझाए । लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराईले पछिल्लो समय भलिवल खेलकुदका कार्यक्रमहरुले प्रदेशभरी गतिलिएको भन्दै भलिबल खेल राष्ट्रिय खेल भएकाले यसको विकास गर्ने सबै क्षेत्र लाग्नुपर्ने बताएका थिए ।

जिल्ला भलिबल संघले नगर स्तरीय भलिवल प्रतियोगिता आयोजना गरेर नगर भित्रका खेलाडीको पहिचान गराउन ठुलो भुमिका खेलेको भन्दै आयोजकलाई धन्यवाद समेत दिएका थिए । जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्यले प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्धेश्यनै नँया खेलाडी खोज्नु रहेको बताए । सबै क्षेत्र अफठयारो अवस्थामा रहेका बेला सानो सानो सहयोगबाट प्रतियोगिता आयोजना गरीएको भन्दै यो प्रतियोगिताले रुपन्देहीका भलिबल खेलाडीको पहिचान र जिल्लाको एउटा उत्कृष्ट टिम बनाउन सहयोग पुग्ने अध्यक्ष शाक्यको भनाई छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका उपाध्यक्ष योग गुरुङ्ग नगर खेलकुद पिकास समितीका अध्यक्ष बोनिज पिया, महासचिव सेरजंग गुरुङ्ग, खेल संयोजक लोकन्द्र भण्डारी लगायतले शुभकामना दिएका थिए ।

प्रतियोगिता ३ दिन सम्म सञ्चालन भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद रु ५५ हजार कप मेडल प्रमाणपत्र पाउने छन र द्रोस्रो हुने ले नगद रु ३५ हजार कप मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् ।

तेस्रो हुने टिमले नगद रु २५ हजार, कप, मेडल प्रमाणपत्र पाउनेछन । सान्त्वना हुने टिमले नगद रु १५ हजार कप मेडल प्रमाणपत्र हात पार्ने छन भने प्रतियोगितामा अनुशासित हुने टिमले समेत कप प्रमाणपत्र पाउने खेल संयोजक लोकेन्द्र भण्डारीले बताए । प्रतियोगितामा हाल सम्म ८ बटा पालिकाहरुको भाग लिएको संयोजक भण्डारीको बताए ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ८ : ४२ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य