३१ श्रावण २०८३, आइतबार | August 16, 2026

हराएका शताब्दीऔँ पुराना मूर्ति अमेरिकाबाट नेपाल पठाइयो



वासिङ्टन डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ ।

मेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो ।

दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल पठाइएको हो । तेह्रौं, सत्रौँ र अठारौँ शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ । ती मूर्तिकला धातु, काठ, ढुङ्गा र हड्डीबाट बनेका हुन् ।

“हामीहरूले नेपालबाट हराएका धेरै धार्मिक, सांस्कृतिक महत्वका वस्तुहरूलाई खोजीनीति गरेर नेपाल फिर्ता पठाउन पहल गरिरहेका छौँ, यसपटक भने अमेरिकी नागरिक सुसनले आफैँ हामीहरूलाई सम्पर्क गरेर यो प्रक्रिया पूरा भएको छ”, दूतावासका द्वितीय सचिव उत्तम घिमिरेले भने । मूर्ति लिन उनलाई हवाइ पठाइएको थियो । पुग्नुभएको थियो । ती मूर्ति हराएका स्थानमा प्रतिस्थापन गरिने पुरातत्व विभागले तयारी गरेको उनले बताए ।

नेपाल–अमेरिका समन्वयमा हवाइबाट पठाइएका मूर्तिहरूमा ढलोटको कालाकुवेर मूर्ति, विश्वरुपको मूर्ति, महिषासुरमर्दिनीको मूर्ति, मोक्षदा भनिएको महामञ्जुश्री शक्तिको मूर्ति, ढलोटको विघ्नान्तक भैरवको मूर्ति, तामाको प्रज्ञापारमिताको मूर्ति, ढलोटको किन्नरीको मूर्ति, काठको बाराहीको मूर्ति र चमुण्डाको शिर, प्रस्तरको सरस्वतीको मूर्ति छन् । ।

यसैगरी अरु मूर्तिहरूमा प्रस्तरको मञ्जुश्री शक्ति, प्रस्तर अगस्थमुनिको मूर्ति, हस्तलिखित ग्रन्थ, र कुवेरका मूर्तिहरू, तामाको कालियन्त्र, हाडको सीतापाती यन्त्र, काठको फुर्वा, फलामको ताल्चा, ढलोटको सिन्हमु, फलामको त्रिशूल छन् । दूतावासले एक वर्षको अवधिमा ६३ वटा विभिन्न मूर्तिकला तथा वास्तुकलाका सामग्री नेपाल पठाएको छ ।
-रासस

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ८ : २७ बजे

कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिँदै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात जना घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा गएको पहिरोमा

सुक्खा पहिरो पन्छाएपछि नारायणगढ-काठमाडौं सडक दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाएपछि नारायणगढ-काठमाडौं

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको

सुरु भयो मिथिलामा झुलनोत्सव

महोत्तरी । ‘सखी हे, झुला पडल फूलबगियाक डार, सीतासँग झुलथी