२३ चैत्र २०८२, सोमबार | April 6, 2026

देश दैडाहमा चलचित्र ‘खजुरे ब्रो’को टिम



बुटवल । नेपाली चलचित्र ‘खजुरे ब्रो’को टिम चलचित्रको प्रमोसनको लागी बुटवल आइपुगेको छ । बैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘खजुरे ब्रो’को टिमले बुटवलका पत्रकारहरुसँग भेटघाट गरी चलचित्रको बारेमा जानकारी दिएको हो ।

चलचित्रको मुख्य पात्र खजुरेको भूमिकामा देखिएका कलाकार रेअर राईले चलचित्रमा खजुर पात्र सहरमा भविष्यलाई सोच्ने हैन अहिलेको वर्तमानमा कसरी जीवन जिउन सकिन्छ भन्ने कुरालाई कमेडी शैलीले प्रस्तुत गरिएको बताए ।

सहकारी पिडित र ग्रामिण सहकारीको दर्दनाक कथा समेटिएको फिल्मले देशको परिस्थिति बोलेको नायक रेअर राईको भनाई छ। चलचित्र पत्रकार संघ नेपाल, रुपन्देही शाखाको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै चलचित्रका कलाकारहरुले दर्शकको माया बटुल्न मोफसलमा आएको बताएका छन् ।

त्यस्तै, अभिनेता महेश त्रिपाठीले चलचित्रको कथा फरक भएकोले आफू फिल्मसँग जोडिएको बताए । फिल्मले दर्शकलाई केही नयाँ र भिन्न अनुभूति दिने उनले धारणा राखे । उनले चलचित्रमा कविको भूमिकामा देखिएको जानकारी दिए । कलाकार तथा निर्माता नवीन मानन्धरले चलचित्रमा सहकारीको ठगीको विषय साथै हामीले सधैँ देख्दै र सुन्दै आएको घटनाहरुलाई देखाउन खोजिएको जानकारी दिए । उनले चलचित्र सफल हुने आफू विश्वस्त रहेको सुनाए ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्मको निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन् । सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्माता हुन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ मा शिशिर विशंखेको छायाङ्कन रहेको छ भने सम्पादक मित्र डि गुरुङ हुन् । अनमोल गुरुङको संगीत रहेको फिल्मलाई रोहित रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ ।

फिल्ममा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिप चन्द्र राई,शान्तिला तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १२ : ५५ बजे

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव