२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई



बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका स्तरीय दोस्रो पुरुष भलिबल प्रतियोगिताको उपाधी शुद्धोधन गाँउपालिकाले हात पारेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिमुकुन्द भलिबल क्लबको मैदानमा भएको भलिबल प्रतियोगितामा देवदह नगरपालिकालाई पराजित गर्दै शुद्धोधन गाँउपालिकाले उपाधी हात पारेको हो ।

प्रतियोगितामा देवदहलाई २ सेटमा रोक्दै ३ सेट हात पार्दै शुद्धोधन गाउपालिका प्रथम हुन सफल भएको हो । जीतसँगै नगद ५५ हजार सहित कप मेडल प्रमाण पत्र हात पारेको छ । देवदह नगरपालिका उपविजेतामा बनेको छ । देवदह नगरपालिकाले नगद ३५ हजार कप मेडल प्रमाणपत्र हात पारेको छ ।

तेस्रो स्थान ओगटन सफल तिलोत्तमा नगरपालिकाले नगद २५ हजार कप मेडल प्रमाणपत्र हात पारेको छ भने कन्चन गाउपालिका १५ हजार कप मेडल प्रमाणपत्र हात पारेको खेल संयोजक लोकेन्द्र भन्डारीले बताए ।

समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले समाजमा भलिबल खेलको माग बढदै गएको भन्दै भलिबल वा अन्य खेलकुदमा लागेका युवाहरुको सामाजिक क्षेत्रमा समेत महत्वपुर्ण भुमिका रहेको बताए । खेलाडीहरुले आफनो खेल विकाससँगै देशको समेत पहिचान बनाउने हुदा खेलकुद क्षेत्रको विकास पुर्वाधार निमार्णमा सबै पक्ष लाग्नुपर्ने बताए ।

खेलले मानिसलाई अनुशासित र लगनशिल बनाउने नगर प्रमुख खाणको भनाई छ । कार्यक्रममा जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्यले भलिबल खेल सबैको रुचिको विषय भएपनि यसको विकास र पुवाधार निमार्णमा कसैको ध्यान नपुगेको गुनासो गरे । जिल्ला भित्र रहेका भलिबलका खेलाडीको खोजी र खेलको विकास गर्न आयोजित प्रतियोगितामा सम्पन गर्ने विभिन्न संघ सस्थाहरुसँग चन्दा मागेर कार्यक्रम गर्नुपरेको भन्दै राज्यले खेलकुदका प्रतियोगिताहरुलाई विशेष सहयोग हुनुपर्ने बताए । भलिबल खेल राष्टिय खेल भएपनी यसको विकास खेलाडी उत्पादनमा राज्यले खासै चासो नदिएको गुनासो गरे ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ९ : ११ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य