१९ असार २०८३, शुक्रबार | July 3, 2026

तिलोत्तमामा १ महिने क्रिकेट प्रशिक्षण प्रवर्द्धन सम्बन्धि नि:शुल्क तालिम शुरू



तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ५ मा एकमहिने नि:शुल्क क्रिकेट प्रशिक्षण प्रवर्द्धन कार्यक्रमको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डुम्रेले बलिगं र मेयर रामकृष्ण खाँणले ब्याटिंग गर्दै १ महिने प्रशिक्षण कार्यक्रमको संयुक्त रूपमा उद्घघाटन गरेका हुन ।

१० वर्ष उमेर पुरा भई १८ वर्ष उमेर ननाघेका वडाका २० जना बालबालिकाको सहभागिता रहेको तालिममा २० जनाको सहभागिता रहने छ । तालिमको उद्घघाटन गर्दै तिलोत्तमा नगरपालिकाका मैयर रामकृष्ण खाँणले स्वस्थ तन मन र बचनले अनुशाशित भई खेल खेले सफलता हासिल गर्न सकिने बताए । पछिल्लो समय नेपालमा क्रिकेटको क्रेज अत्याधिक रहेकाले खेलकुद मै लागेर प्रशस्त नाम र दाम कमाउन सकिने धारणा राखे ।

खाँणले पढाई र खेल एउटै सिक्काका दुई पाटा भएको भन्दै बालबालिकाको क्षेत्रमा लगानी बढाएको तिलोत्तमाले बाल साझेदारको रूपमा काम गर्न चाहेको औंल्याए । कार्यक्रममा बोल्दै तिलोत्तमा वडा न ५ का अध्यक्ष रमेश डुम्रेले वडा तहबाटै स्थानीय स्तरमा लुकेर रहेका खेलाड़ीहरूको पहिचान, उत्पादन तथा प्रतिभा प्रष्फुटनमा तालिम फलदायी सावित हुने विश्वास व्यक्त गरे ।

उनले यसअघि पनि वडावासीका लागी विभिन्न महत्वपूर्ण तालिमहरुको आयोजना गरिएको स्मरण गर्दै अहिलेको एकमहिने क्रिकेट प्रशिक्षण प्रवर्द्धन तालिमले वडाले गरेका कामहरूमा नयाँ आयाम थप्ने बताए ।

तालिमबारे जानकारी दिदै आयोजक तिलोत्तमा क्रिकेट एकेडेमी नेपाल प्रालिका सन्चालक एवं मुख्य प्रशिक्षक कृष्ण भुषालले शनिबारबाट शुरू भएको तालिम १ महिनासम्म चल्ने बताए । उनले खेलाडीको स्तर अनुसार सफ्ट बल र ड्युज बलबाट सुरक्षित ढंगले मान्यता प्राप्त प्रशिक्षकहरूबाट खेलाडीहरूलाई उत्कृष्ट क्रिकेट सिकाईने जनाए ।

उद्घघाटन सत्रमा हरियाली टोल तिलोत्तमा वडा न ५ का मेलमिलाप संयोजक चुरामणी पाण्डे, हरियाली टोल विकाश संस्थाका अध्यक्ष राम प्रसाद भण्डारी, स्वर्गद्वारी टोल विकाश संस्थाका अध्यक्ष सुरजमणि पाठक, प्रभात टोल विकाश संस्थाका अध्यक्ष यज्ञमुर्ति भट्टराई, शिवालय टोल विकाश संस्थाका प्रतिनिधि कल्पना पाण्डे लगायतको सहभागिता रहेको तालिम उद्घघाटनमा वडा सदस्य हरि पन्तले स्वागत मन्तब्य र सचिव हरि खतिवडाले कार्यक्रमको सन्चालन गरेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  २ : ५९ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०