२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो



काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ । लिगमा चार खेल अघि नै रियल म्याड्रिड ला लिगाको उपाधि जितेको हो । गएराती सम्पन्न खेलमा जिरोनाले बार्सिलोनालाई ४-२ गोल अन्तरले पराजित गरेसँगै रियल म्याड्रिडको लिगको उपाधि जित सुनिश्चित भएको हो ।

गएराती नै सम्पन्न खेलमा रियल म्याड्रिडले काडिजलाई ३-० ले पराजित गरेको थियो । ला लिगामा रियल म्याड्रिडको ३४ खेलमा ८७ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको जिरोनाको ३४ खेलमा ७४ अंक रहेको छ ।

४ खेल खेल्न बाँकी हुदै रियल म्याड्रिडले १३ अंकको अग्रता बनाएपछि जित सुनिश्चित बनेको हो । योसँगै रियल म्याड्रिडले ३६ पटक ला लिगाको उपाधि जितेको छ । रियल म्याड्रिड सबैभन्दा बढी पटक ला लिगाको उपाधि जित्ने क्लब हो । उसले पछिल्लो पटक २०२१-२२ सिजन जितेको थियो ।

त्यस्तै बार्सिलोनाले अहिलेसम्म २७ पटक यो उपाधि जितेको छ भने एटलेटिको म्याड्रिडले ११ पटक लिग जितेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ७ : ४८ बजे

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका