१९ माघ २०८२, सोमबार | February 3, 2026

भारतबाट नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउने १३ जना प्रहरीबाट सार्वजनिक(नामसहित)



बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना भारतीयलाई प्रहरीले आज सार्वजनिक गरेको छ । अनलाईन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीयलाई प्रहरीले सोमबार बुटवलबाट पक्राउ गरेको थियो ।

पछिल्लो समय बुटवलको कालिकानगर होराइजनचोकस्थित शिवशंकर पथमा रहेको एक घर भाडामा लिएर अनलाईन गेम खेलाउने र सट्टेवाजी गराउनेलाई इलाका प्रहरी कार्यालय बुटवल प्रहरीले प्रकाउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत, राजस्थान राज्य, जिल्ला झुनझुन, चिडवा पंचायत बस्ने रामचन्द्र कुमारको नाति सुरेन्द्र कुमारको छोरा बर्ष २५ को मुकेश कुमार, सोही स्थानका पोक्कर राम चौधरीको नाति सिसपाल सिंहको छोरा बर्ष ३३ को रबिन्द्र सिंह, भारत, उत्तर प्रदेश राज्य, जिल्ला गोरखपुर, अस्करगंज पंचायत बस्ने अब्दुल रसिदको नाति, मोरन अलिको छोरा बर्ष २६ को ओसिम खान, भारत, वयस्टबंगाल राज्य, हुगली जिल्ला कोलकता सिटि बस्ने बाद शाहको नाति मोहमद खानको छोरा बर्ष २७ को समिम खान, भारत, राजस्थान राज्य, जिल्ला सिक्कर, लक्ष्मणगढ पंचायत बस्ने मुनसरा सुण्डाको छोरा रामेश्वरलाल सुण्डको छोरा बर्ष २५ को जुगल किशोर, भारत, राजस्थान राज्य, जिल्ला सिक्कर, खण्डेला पंचायत बस्ने मागुरामको नाति गोबिन्द्ररामको छोरा बर्ष २७ को महेन्द्र चौधरी तथा सोही स्थानका नानुराम चौधरीको नाति बिरबलको छोरा बर्ष ३० को सिसराम चौधरी रहेका छन् ।

त्यसैगरि भारत, राजस्थान राज्य, जयपुर जिल्ला अर्मडा पंचायत पंचायत बस्ने बोधुराम चौधरीको नाति रामदेव सिंहको छोरा वर्ष ३० को रोहित तास, भारत, राजस्थान राज्य, हनुमानगढ जिल्ला, रामपुर पंचायत बस्ने पृतिराम चौधरीको नाति रबिन्द्र कुमारको छोरा वर्ष २१ को भिमसेन चौधरी, भारत, राजस्थान राज्य, झुनझुनु जिल्ला, नवलगढ पंचायत बस्ने चुनरामको नाति, बिरजोरामको छोरा वर्ष २३ को मनोज कुमार, भारत, राजस्थान राज्य, जिल्ला झुनझुनु, जयपुर पंचायत बस्ने सदार मलको नाति राजेन्द्र सिंहको छोरा वर्ष २६ को अनिल चौधरी, भारत,राजस्थान राज्य, जिल्ला सिक्कर, श्रीमाधवपुर पंचायत बस्ने प्रबुदयाल चौधरीको नाति मोहन चौधरीको छोरा वर्ष २४ प्रदिप चौधरी र भारत, राजस्थान राज्य, जिल्ला झुनझुनु, जयपुर पचायत बस्ने मल्लराम चौधरीको नाति प्रमोद चौधरीको छोरा वर्ष २४ को प्रविन कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूले बुटवल उप-महानगरपालिका वडा नं.११ कालिकानगर स्थित अञ्जन शर्माको घरको पहिलो र दोस्रो तलाघर भाडामा लिईँ अनलाईन मार्फत अबैध रुपमा जुवा (सट्टेवाजी) संचालन गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज प्रहरी नायव उपरीक्षक विजयराज पण्डितको कमाण्डमा प्रहरी टोलिले १३ भारतीयहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले जुवा सट्टेबाजीमा प्रयोग भएको ल्ययाप्टप थान १३, मोवाईल थान ३९, राउटर थान ४ लगायत बिधुतिय उपकरणहरु बरामद गरी पक्राउ परेकाहरु उपर जुवा सट्टेबाजी शिर्षकमा मुद्दा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट पहिला पटक ७ दिनको म्याद लिएर थप अनुसन्धान भई रहेको बुटवल प्रहरी प्रमुख पण्डितले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ५ : ४९ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली