१० श्रावण २०८३, आइतबार | July 26, 2026

झलनाथले एकीकृत समाजवादी पार्टी फुटाउन खोजेको भन्ने हल्ला गलत : झलनाथ खनाल



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको भनेर नियोजित रूपले यस्तो प्रचार गरेको बताएका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालको विभाजन भएपछि नेकपा एकीकृत समाजवादी पनि विभाजन हुन लागेको चर्चा हुन थालेपछि खनालले पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न आग्रह गरेका हुन् ।

उनले एकीकृत समाजवादीबाट ६ जना सांसद लिएर खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला तीब्र रुपले भ्रमको कुहिरो फैलाइएको बताए । ‘यतिबेला मुलुकमा राजनीतिक शक्तिहरू ध्रुवीकरण हुने प्रक्रिया तीव्र रुपले अघि बढ्दै छ। यहि २१ फागुन २०८० बाट मुलुकमा नयाँ राजनीतिक समिकरणले आकार लिएको छ। हाम्रो पार्टी पनि यहि समिकरणमा संलग्न भएको कुरा सर्वविदित नै छ। ’उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केहि दिनअघि मात्र तत्कालिन “जनता समाजवादी पार्टी नेपाल” समेत विभाजित भएको छ। यहि शिलशिलामा केहि दिन देखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीब्र रुपले फैलाईएको छ। केहि अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्वहरुले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन्। त्यसले पार्टी व्यापी रुपमा एउटा भ्रमको कुहिरो फैलाइदियो।’

देशी विदेशी प्रतिक्रियावादीहरूको भण्डाफोर गर्दै नेपाली जनतालाई समाजवादको समृद्ध भविष्यतिर अघि बढ्ने मार्ग प्रदर्शन गर्न थालेपछि पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षड्यन्त्रकारी तत्वहरू आतंकित भएको उनको भनाई छ ।

‘हाम्रो पार्टी एउटा नवोदित क्रान्तिकारी पार्टी हो। यति बेला हाम्रो पार्टी आफ्नो पार्टीको १० औँ राष्ट्रिय महाअधिवेशनको सम्मुखमा पुगिरहेको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी कम्युनिष्ट आन्दोलनको र पार्टी पुनर्गठन पछिका अनुभवहरुका सार संकलन गर्दैछ, हाम्रो देशको प्रधान वर्गीय र राजनीतिक प्रधान अन्तर्विरोधहरू पहिचान गर्दैछ, क्रान्ति र अग्रगतिको प्रमुख बाधा के हो त्यसको पहिचान गर्दैछ, देशको समाजवादी क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तहरुलाई परिस्कृत र परिमार्जित गर्दैछ, क्रान्तिकारी कार्यदिशाका आधारमा पार्टी एकता र कम्युनिष्ट एकतालाई विस्तार गर्ने आधार निर्माण गर्दैछ, देशी विदेशी प्रतिक्रियावादीहरूको भण्डाफोर गर्दै नेपाली जनतालाई समाजवादको समृद्ध भविष्यतिर अघि बढ्ने मार्ग प्रदर्शन गर्दैछ। त्यसैकारण पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षड्यन्त्रकारी तत्वहरू आतंकित भएका छन्। त्यसैले उनीहरु प्रतिक्रियावादीहरुका मक्किसकेका र थोत्रिसकेका झुटा प्रचारका हतियारहरु लिएर हाम्रो पार्टीका विरुद्ध आइलाग्न कोशिस गर्दैछन्।’

उनले प्रतिकृयावादीहरू, अवसरवादीहरू र पार्टी विरोधी क्षुद्र तत्वहरूका यस प्रकारका अनर्गल प्रचारबाट होसियार बन्न आग्रह गरेका छन्। वर्तमान नयाँ समिकरणमा हाम्रो समर्थन र सहभागितालाई जारी राख्न आग्रह गरेका छन्। ‘वर्तमान नयाँ समिकरणमा हाम्रो समर्थन र सहभागितालाई जारी राखौं, पार्टी महाअधिवेशनको तयारीमा हरेक प्रकारले एकताबद्ध भएर जुटौं।’ विज्ञप्तिमा भनिएको छ, ‘क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तमा आधारित एकतालाई अझ खदिलो र विस्तृत बनाऔँ, पार्टी महाअधिवेशनलाई भव्यताका साथ सफल बनाऔँ, हाम्रो पार्टीलाई एउटा नयाँ, क्रान्तिकारी र समाजवादी पार्टीका रुपमा विकास गरौं र आम जनतालाई गोलबन्द गदै समाजवादको दिशामा दृढतापूर्वक अघि बढौँ ।’

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : २३ बजे

कपिलवस्तुमा बस-मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडक खण्डमा बस

धर्मेन्द्र प्रधान बाहिरिए, शिक्षा मन्त्रालयको जिम्मेवारी प्रल्हाद जोशीलाई

काठमाडौं । भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी

ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई सरकारको

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौं । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका-४, दुर्दीपुलस्थित बौद्धा

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक