२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

कोशीको प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले पठाए पुन: पत्र



विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश प्रमुखलाई प्रदेशसभा बैठक सञ्चालन पुनः स्मरण गराएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्कको बैठकले प्रि–बजेटबारे छलफल गर्न प्रदेशको बजेट अधिवेशन आह्वान गर्न यसअघि नै सिफारिस पुनः स्मरण गराउने निर्णय गरको हो ।

कोशी सरकारले जेठ ११ गते प्रदेश सभाको अधिवेशन आह्वान गर्न गत चैत २६ गते सिफारिस गरेको थियो ।

तर, एमाले–माओवादीका ५२ सांसदको मागअनुसार वैसाख ६ गते प्रदेश प्रमुख पर्शुराम खापुङले विशेष अधिवेशन आह्वान गरेका थिए । सो बैठकले संकल्प प्रस्ताव पारित गरी सरकार अल्पमतमा परिसकेको जनाउ दिदै विश्वासको मत लिन भनेको थियो ।

तर मुख्यमन्त्री केदार कार्कीले भने संकल्प प्रस्ताव संबिधान विपरित भएको भन्दै विश्वासको मत लिन अस्वीकार गरेका छन् । संकल्प प्रस्ताव पारित भएपछि विश्वासको मत लिने समय मंगलबार सकिएको छ ।

सरकारले सिफारिस गरे पनि प्रदेश प्रमुख खापुङले बजेट अधिवेशन अहिलेसम्म आह्वान गरेका छैनन् । अर्को तर्फ एमाले–माओवादीले प्रदेश प्रमुखलाई सरकार गठनको नयाँ प्रक्रिया थाल्न आग्रह गरेका छन् र प्रदेश प्रमुखले सोहि अनुसार कानुनी परामर्श गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १ : ५७ बजे

कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, भोलि बिहान ७ बजेदेखि गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

राष्ट्रियसभाको विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर

ओलीबाट शपथ लिएसँगै वरिष्ठ नेता विद्या भण्डारी एमाले स्थायी कमिटी बैठकमा सहभागी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०को वरिष्ठ नेताको पद

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

वर्षा रोकियो, डर रोकिएन

पाल्पा । यही असोज ९ गते रातको करिब १ः०० बजेको