२१ भदौ २०८३, आइतबार | September 6, 2026

चाडपर्व मनाउन सरकारले जारी गर्‍यो मापदण्ड



काठमाण्डौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोराना भाइरस कोभिड-१९ का कारण नेपालमा भित्रिरहेको चाडपर्वलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड-०७७ जारी गरेको छ ।

नेपालीहरुले मनाउने तिज, दशैं, तिहार लगायत ठूला चाडपर्वहरु आउन थालेसंगै सरकारले उक्त मापदण्ड जारी गरेको हो । मापदण्डमा सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्ने कुरालाई प्राथमिकता दिएको छ । भेटघाट गर्नैपर्ने भए कम्तीमा २ मिटरको दूरी अनिवार्य कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

यस्तै चाडपर्वको समयमा सकेसम्म घरबाहिरको भेटघाटमा नजाने यदि जानैपर्ने भएका सहभागी हुँदा मास्कको प्रयोग अनिवार्य गर्न मापदण्डमा भनिएको छ ।

यस्तै धार्मिक स्थलमा हुने हरेक भेलामा बढीमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्ने तथा सतहहरु (रेलिङ, बार आदि) देवीदेवताका मूर्तिहरु र धेरै व्यक्तिहरुले प्रयोगमा ल्याउन सक्ने सामग्रीहरु नछुन मापदण्डमा उल्लेख छ ।

यस्तो छ मापदण्ड

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/08/Guidelines-feast-and-festivals-Final-Endorsed-6-Aug-2020.pdf”]

 

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ६ : २२ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका