२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रदेश नम्बर २ मा ५० सुरक्षाकर्मीसहित १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि



जनकपुर । प्रदेश नम्बर २ मा ५० सुरक्षाकर्मीसहित १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय १४ पुगेको हो ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सामा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । त्यस्तै सप्तरीमा १८, धनुषामा १०, सर्लाहीमा ९, बारामा ५ र रौतहटमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्सामा वीरगंज महानगरपालिकाका वडा नं. २ देखि २१ सम्मका ४२ जना, खल्ववाटोल, सिरिसिया, वीरगंज वडा नं. २५ का २७ जना, वीरगंज चिनी मिलका ४ जना, वीरगंज कारागारका २ जना, जिल्ला प्रहरी कार्यालय वीरगंजका ४५ जना, नेसनल मेडिकल कलेज वीरगंजका १ जना, पर्सागढी नगरपालिकाका २ जना, श्रीपुर आर्मी ब्यारेकका ५ जना, भेटरिनरी अस्पताल वीरगंजका १ जना, डाउँ नखुलेका ३ जना र तराई होस्पिटलमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सप्तरीमा राजविराज नगरपालिकामा ६ जना, तिलाठी कोईलाडी गाउँपालिकामा ४ जना, छिन्नमस्ता गाउँपालिकामा ३ जना, महादेवा गाउँपालिकामा ४ जना, रुपनी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

धनुषामा जनकपुरधाम उपमहानगरपालिकामा ७ जना, शहिदनगर नगरपालिकाको क्वारेन्टिनमा २ जना र ठाउँ नखुलेको स्थानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाहीमा ईश्वरपुर नगरपालिकाका ६ जना, खानेपानी तथा सरसफाई डिभिजनका १ जना र ठाउँ नखुलेको स्थानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बारामा कलैया उपमहानगरपालिकाका १ जना, परवानीपुर गाउँपालिका लिपनीमाईका १ जना, च्युताहा (हाल एनएमसीमा कार्यरत) १ जना, जीतपुर सिमरा उपमहानगरपालिकाका १ जना र परसुरामपुर, बारा (हाल राधेमाई टोल, वीरगंजमा) १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । रौतहटमा ईशनाथ नगरपालिकाका ३ जना र गौर नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको झाले बताए ।

त्यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा ९ महिला सहित ४९ जना निको भएर डिस्चार्ज भएका छन् । यो सँगै यस प्रदेशमा निको हुनेको संख्या ३ हजार ३ सय ४ पुगेको छ भने हाल सम्म २५ जनाको कोरोनाको कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।

हालसम्म पर्साका १६ जना, बारा, रौतहट र सप्तरीमा दुई/दुई जना, धनुषा, महोत्तरी र सिरहामा एक/एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : १४ बजे

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति