५ पुस २०८२, शनिबार | December 21, 2025

लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटियो : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताएको छ ।

संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखक सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने निर्णय भएको जानकारी दिएका हुन् ।

उनले भने, ‘सहकारीमा बचत जम्मा गरेका नागरिकको फिर्ता ग्यारेन्टी गर्ने, अपचलन गर्नेमाथि कारबाही गर्ने र गृहमन्त्रीको पनि संलग्नता देखिएकाले निष्पक्ष होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति माग गरेका छौँ । त्यो आवश्यक छ भन्ने थप पुष्टि भएको छ । त्यस विषयमा स्वतन्त्र छानबिनको पुन: माग गरेका छौँ ।’

उनले सरकारले गैर जिम्मेवार बनेको आरोप लगाउदै सहकारी ठगी प्रकरणमा जोगाउनको लागि राज्यको संयन्त्रकै दुरुपयोग गरेको कांग्रेसले निष्कर्ष निकालेको बताए ।

उनले छानबिन समिति आधारभूत माग भइसक्यो भन्दै बटम लाइन भइसकेपछि अब पछि नहट्ने स्पष्ट गरे ।

साथै उनले संसदीय छानबिन समिति गठन भएन भने त्यस कारणले सदनको बैठक प्रभावित भए भने त्यसको जिम्मा सरकारले लिनुपर्ने बताए ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १२ : ३१ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ