२ भदौ २०८३, मंगलबार | August 19, 2026

पिटरको बक पत्रमाथिको विमर्श : माओवादी जनयुद्धको शल्यक्रिया



नेपालगन्ज । लेखक तथा वामपन्थी चिन्तक नरेन्द्रजंग पिटरको बजारमा आएको पुस्तक बकपत्र, पिटरको जीवनको बयान मात्र नभएर माओवादी जनयुद्धको शल्यक्रिया पनि भएको ठहर गरिएको छ । मध्यपश्चिम स्रष्टा समाजले आयोजना गरेको लेखक पिटरको पुस्तकमाथिको विमर्श कार्यक्रममा बोल्ने वक्ताहरुले पिटरले पुस्तक मार्फत आफ्नो जीवनका फरक पाटोसँगै जनयुद्धको शुल्यक्रिया गरेको बताएका हुन् । उनले आफै जनयुद्धमा सक्रिय हुँदा देखेका र भोगेका अनुभूतिलाई जस्ताको तस्तै पुस्तकमा उतारेको टिप्पणी गर्दै उनीहरुले पुस्तकले जनयुद्धका क्रममा भएका गलत क्रियाकलापलाई उदाङ्गो पारेको बताए ।

बकपत्रमाथि बोल्दै प्राध्यापक भागवत पौडेलले जनयुद्धले उठाएको सर्वाहाराको मुक्तिको सपना तुहिएको विषयमा लेखकद्धारा व्यक्त तीव्र असन्तुष्टि पठनीय र चर्चायोग्य रहेको बताए । उनले बकपत्र जनयुद्धको समिक्षाको एक बहस बन्न सक्ने उल्लेख गर्दै बकपत्रमा बाँके बर्दियाका नलेखिएका धेरै पाटाहरु समेटिएको बताए ।

साहित्यकार सनत रेग्मीले बकपत्रमा निराशा हाबी भएको बताए । उनले पिटर आफै माओवादी कमाण्डर भएरपनि माओवादी आन्दोलन र त्यसको हालको निराशाजनक परिणतिप्रति निर्भिक भएर आफ्ना कुराहरु राख्न सफल भएकोमा प्रशंसा गरे ।

पत्रकार झलक गैरेले पुस्तकको नाम बक पत्र भनिएपनि पिटरले आफ्नो जीवनका धेरै पाटाहरुमा पर्दा हालेरे धाकछोप गर्न खोजेको आरोप लगाए । उनले पिटरले कतिपय आफुले प्रत्यक्ष आफुल ेदेखेका घरटना र विषयहरु पनि पुस्तकमा लेख्न नसकेको टिप्पणी गर्दै त्यसो हुनुको कारण जान्न चाहेको बताए ।

टिप्पणीकर्ता र सहभागीहरुका जिज्ञाशा र दृष्टिकोणमाथि आफ्नो प्रतिक्रिया राख्दै पिटरले आफ्ना जीवनका सबै घटनाहरु पुस्तकमा जस्ताको तस्तै उतार्न सामाजिक परिवेशले नदिएको स्वीकार गरे । यद्धपि आफूले आफ्नो जीवन भोगाईमा मदिरा देखि सेक्स सम्मका बिम्बहरु प्रस्तुत गर्न सकेको दाबी गरे । कुनै बेलाको नायक कुनै बेला खलनायकमा परिणत हुन सक्ने उल्लेख गर्दै पिटरले नायक रहेको बेला उसलाई प्रेम र खलनायक बनेको बेला घृणा गर्न सक्नुपर्दछ भन्ने सत्यलाई पुस्तकमा आफुले उतारेको बताए । उनले आफु माओवादी पार्टीमा नरहेपनि आफु माओवादी नै भएको बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ५ : २२ बजे

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति