१० बैशाख २०८३, बिहिबार | April 23, 2026

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवललाई



बुटवल । बुटवलमा भएको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवल उपमहानगरपालिकाले जितेको छ ।

आज भएको फाइनल खेलमा बुटवल उपमहानगरपालिकाले तिलाेत्तमा नगरपालिकालाई २५-९, २५-८ र २५-१४ काे साेझाे सेटमा हराउदै उपाधि हात पारेको हो ।

प्रतियोगितामा तिलाेत्तमा नगरपालिका उपविजेता बनेको छ भने गैडहवा गाउपालिका तेस्रो र सुद्वाेदन गाउपालिकाले सान्त्वना स्थान प्राप्त गरेको छ ।

उपाधिसँगै बुटवलले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता तिलाेत्तमाले नगद ३० हजार,तृतीय हुने गैडहवाले नगद २० हजार र सान्त्वना स्थान प्राप्त गरेको सुद्वाेदनले नगद १० हजार प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेता उपविजेता, तृतीय, सान्त्वना स्थान प्राप्त गर्ने पालिकाहरूलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे,उपप्रमुख सावित्रा देवि अर्याल, नगर खेलकुद विकास समिति अध्यक्ष बाेनिन पिया लगायतले पुरस्कार, तथा सहभागीताकाे प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा बुटवल सहित रूपन्देहीका ६ पालिकाकाे सहभागीता रहेको कार्यक्रम संयोजक सेरजंग गुरूङले जानकारी दिए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ७ : ११ बजे

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ-मुना-ढोरपाटन निर्माणमा

म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ-मुना-ढोरपाटन सडक योजना निर्माण सुस्ताएको

पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय

खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ । यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौं

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा