४ पुस २०८२, शुक्रबार | December 20, 2025

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवललाई



बुटवल । बुटवलमा भएको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवल उपमहानगरपालिकाले जितेको छ ।

आज भएको फाइनल खेलमा बुटवल उपमहानगरपालिकाले तिलाेत्तमा नगरपालिकालाई २५-९, २५-८ र २५-१४ काे साेझाे सेटमा हराउदै उपाधि हात पारेको हो ।

प्रतियोगितामा तिलाेत्तमा नगरपालिका उपविजेता बनेको छ भने गैडहवा गाउपालिका तेस्रो र सुद्वाेदन गाउपालिकाले सान्त्वना स्थान प्राप्त गरेको छ ।

उपाधिसँगै बुटवलले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता तिलाेत्तमाले नगद ३० हजार,तृतीय हुने गैडहवाले नगद २० हजार र सान्त्वना स्थान प्राप्त गरेको सुद्वाेदनले नगद १० हजार प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेता उपविजेता, तृतीय, सान्त्वना स्थान प्राप्त गर्ने पालिकाहरूलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे,उपप्रमुख सावित्रा देवि अर्याल, नगर खेलकुद विकास समिति अध्यक्ष बाेनिन पिया लगायतले पुरस्कार, तथा सहभागीताकाे प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा बुटवल सहित रूपन्देहीका ६ पालिकाकाे सहभागीता रहेको कार्यक्रम संयोजक सेरजंग गुरूङले जानकारी दिए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ७ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको