७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु



बुटवल । बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको बिहीबार एक कार्यक्रमकाबिच बुटवल उपमहानगरपालिकाकि उपप्रमुख साबित्रादेवि अर्यालले उद्घाटन गरेकि हुन् ।

सो अवसरमा नगर उपप्रमुख अर्यालले खेलकुदको क्षेत्रबाट पनि बुटवललाई चिनाउन उपमहानगरपालिकाले विभिन्न खाले प्रतियोगितामा सञ्चालन गर्दै आएको भन्दै महिला भलिबल प्रतियोगिताले बुटवलसहित रूपन्देही जिल्लामा महिला खेलाडी उत्पादनमा सहयोग पुग्ने विस्वास व्यक्त गरिन् ।

बुटवल नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा बुटवलसहित रूपन्देहीका ६ पालिकाको सहभागीता रहेको छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाको सभापतित्व र नगर उपप्रमख अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानालगायतले प्रतियोगिताको महत्त्व र उदेश्य माथि प्रकास पारेका थिए ।

यसैबीच आज भएको बुटवल उपमहानगरपालिका र गैडहवा गाउपालिकाबिचको प्रतियोगितामा बुटवल विजयी भएको छ भने तिलोत्तमा नगरपालिका र सुद्वोदन गाउपालिकाबिचको प्रतियोगितामा तिलोत्तमा नगरपालिका विजयी भएको छ ।

त्यस्तै आजै भएको सिद्वार्थनगर नगरपालिका र सुद्वोदन गाउपालिकाबिचको अर्को खेलमा सुद्वोदन विजयी भएको छ ।

तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार, तृतीय हुनेले २० हजार र सान्त्वना हुनेले नगद १० हजार प्राप्त गर्ने कार्यक्रम संयोजक शेरजंग गुरुङ्गले जानकारी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ६ : ५२ बजे

रविलाई संसद्को अवहेलनामा कारवाही गर्न धनराजले दिए सभामुखलाई निवेदन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदको अवेहलनामा कारवाहीको

सुर्खेत बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते

सुर्खेत । दैलेखबाट सुर्खेत आउँदै गरेको बस दुर्घटना हुँदा दुई

इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालले इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रइसी र

सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्- भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा. भीम