१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

बाँकेमा धमाधम संक्रमितहरुको पहिचान सार्वजानिक, शुभचिन्तकले गरे स्वास्थ्य लाभको कामना



नेपालगन्ज । प्राय कोरोना संक्रमित हुनेहरुको नाम गोप्य राखिने वा सार्वजानिक नगरिने गरिए पनि बाँकेमा आज पुष्टि भएका संक्रमितहरुको नाम सामाजिक सञ्जालमा सार्वजानिक गर्दै उनीहरुको स्वास्थ्य लाभको कामना गरिएको छ ।

आज संक्रमण पुष्टि भएका नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ तथा होटल ब्यवसायी लोकेन्द्र अर्यालको नाम र पहिचार उनकै सहकर्मी ब्यवसायीहरुले सार्वजानिक गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव चिरन्जिबी ओलीले आफ्नो फेसबुकमा स्टाटस राख्दै महासंघका केन्द्रीय सदस्य श्रेष्ठ र अर्यालको स्वास्थ्य लाभको कामना गरेका छन् । संक्रमित श्रेष्ठ र अर्यालको स्वास्थ्य लाभका लागि नेपालगन्ज उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य बिष्णु प्रसाद श्रेष्ठ, पुर्व कोषाध्यक्ष बिष्णु गौतम लगायतले कामना गरेका छन् ।

संक्रमित दुबैको ट्राभल हिस्ट्रि नभए पनि समुदायको परीक्षण गर्ने अभियान अन्तर्गत भेरी अस्पतालमा गरिएको स्वाव परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको थियो ।

आजै संक्रमण पुष्टि भएका पत्रकार खगेन्द्र दाहालले पनि आफ्नै फेसबुकमा आफुलाई संक्रमण भएको खुलासा गरेका छन् । उनले आफु छिटै निको हुने बिश्वासका साथ आईसोलट भएको बताएका छन् ।

संक्रमण पुष्टि भएका सबै आजैबाट सुरु भएको पेयवल आईसोलेसन होटल सिटी प्लाजामा बसेका छन् । बाँकेमा आज मात्र ४९ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ११ : ०९ बजे

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर

आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता

काठमाडौ। नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदीको

कांग्रेसद्वारा काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रका