३ आश्विन २०८३, शनिबार | September 19, 2026

रियल मड्रिडलाई स्तब्ध पार्दै म्यानचेस्टर सिटी पुग्यो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



एजेन्सी । कीर्तिमानी विजेता रियल मड्रिडलाई स्तब्ध पारी इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा शुक्रबार राति पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले स्पेनिस ला लिगा क्लब रियल मड्रिडलाई २–१ ले पराजित गरी समग्रमा ४–२ को जितसहित क्वाटरफाइनलमा स्थान बनाएको हो ।

म्यानचेस्टर सिटीको जितमा रहीम स्ट्रर्लिङले नवौँ तथा गाब्रियल जिससले ६८ औँ मिनेटमा गोल गरे । रियल मड्रिडका लागि २८ औँ मिनेटभमा करिम बेन्जिमाले एक गोल फर्काए ।

रियल मड्रिडको प्रशिक्षकका रुपमा जिनेदिन जिदान पहिलो पटक च्याम्पियन्स लिगबाट बाहिरिएका हुन्।

६ महिनाअघि रियल मड्रिडको मैदानमा भएको पहिलो लेगमा रातो कार्ड पाएका कारण मैदान बाहिर रहेका कप्तान सर्जियो रामोस उपलब्ध नहुँदाको मूल्य रियल मड्रिडले पराजयबाट चुकाएको हो ।

रियल मड्रिडलाई बाहिरको बाटो देखाएको म्यानचेस्टर सिटीले अब नकआउट प्रणालीको अन्तिम ८ को खेलमा लिस्बोनमा लियोनसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ६ : १४ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको