६ पुस २०८२, आइतबार | December 21, 2025

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई



काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई आफ्नो दलको केन्द्रीय समिति वा तरुण क्लब नठान्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन्।

बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसले भनेको मान्नुपर्छ भन्ने कुनै आवश्यकता नरहेको बताए। उनले गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने बताएका छन्।

‘बोल्न नदिने, जवाफ दिन नदिने हुँदैन। यो कांग्रेसको केन्द्रीय समिति हैन, सदन हो। जनताबाट चुनिएर आएका २७५ जना प्रतिनिधि बस्ने हो। यो नेविसंघ वा तरुण क्लबजस्तो हैन, संसद् हो। मर्यादा हुन्छ। कांग्रेसमात्र छैन यहाँ। हामी पनि छौँ ।’ उनले भने।

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसकै अवरोधका बीच सभामुख देवराज घिमिरलेले संसद् बैठक अघि बढाएपछि सदनमा मुठभेडको स्थिति सिर्जना भएको थियो। त्यसपश्चात् सभामुखले सदन बैठक स्थगित गरेका थिए।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ९ : ११ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र