४ पुस २०८२, शुक्रबार | December 20, 2025

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी



पटना । बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्याङ्कीभित्र एक विद्यार्थीको शव फेला परेपछि शुक्रबार बिहान आक्रोशित भिडले विद्यालयमा आगो लगाएको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार घटना दिघा प्रहरीअन्तर्गतको रामजिचक क्षेत्रमा भएको हो । आक्रोशित आफन्त तथा स्थानीयहरूले सडक अवरुद्ध गरी स्कुलमा आगो लगाएका थिए ।

स्कुल गएका करिब तीन वर्षका बालक स्कुलपछि ट्युसन लिने गर्थे । साँझ घर नफर्किएपछि परिवारले उनको खोजी गर्यो । उनको शव शुक्रबार बिहान तीन बजे विद्यालय परिसरको ट्याङ्की भित्रबाट निकालिएको प्रहरीले जनाएको छ ।

घटनाबाट आक्रेशित स्थानीयहरूले सडक अवरुद्ध गरी विद्यालयमा आगो लगाएका थिए भने घटनास्थलमा पुगेका फायर टेन्डरहरूले आगो निभाउन सफल भए ।

वरिष्ठ प्रहरी अधिकारीहरूले अनुसन्धान सुरु गरेको बताएका छन् । पाटनाका प्रहरी अधीक्षक चन्द्र प्रकाशले घटनाको विवरण दिँदै आमाबाबुले राति ढिलो जानकारी दिएपछि प्रहरी टोली घटनास्थलमा पुगी प्रमाण सङ्कलन गरेको बताए ।

ससिटिभीमा बच्चा स्कुलमा प्रवेश गरेको तर कुनै पनि विन्दुमा उनी स्कुल परिसरबाट बाहिर निस्किएको देख्न नसकिएकाले घटनालाई हत्याको मुद्दाका रूपमा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

आपराधिक उद्देश्यको घटनाको प्रवृत्ति देखा परेकाले तीन जनालाई हिरासतमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ३ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको