३ पुस २०८२, बिहिबार | December 19, 2025

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै



नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व सम्मतको प्रयास कमजोर हुँदै गएको छ । ३ वर्षे कार्यकालका लागि ३ जनाले प्यानल सहित उम्मेदवारी दर्ता गराएपछि सर्वसम्मतको प्रयास कमजोर हुँदै गएको हो ।

कार्यकालको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा तीन जनाको उम्मेदारी परेको छ । शुक्रबारदेखि सुरु भएको नवौं अधिवेशनमा शनिबार साँझ उम्मेदारी दर्ता भएको हो । नयाँ नेतृत्वको लागि बहालवाला अध्यक्ष किस्मतकुमार कक्षपति, पूर्वअध्यक्ष निरक गुरुङ्ग र बहालवाला उपाध्यक्ष डिल्ली बिसीले अध्यक्ष पदमा उम्मेदारी दर्ता गराएका छन् ।

गुरुङ एकीकृत कम्युनिष्ट पार्टी नेकपाकालमा अध्यक्ष हुन् । उम्मेदवारी दर्ता भएपनि नेताहरुले सहमतिको प्रयास जारी राखेको बताइएको छ । निर्वाचनको माहौलमा कमजोर आँकलन गरिएपछि बहालवाला अध्यक्ष कक्षपति चुनावी मैदानबाट बाहिरीने सम्भावना रहेको अधिवेशनका सहभागी एक प्रतिनिधिले बताए । कक्षपतिले उम्मेदवारी फिर्ता लिए गुरुङ र बिसीबीच चुनावी प्रतिस्पर्धा हुने छ । कक्षपती त्रिपक्षीय भिडन्तमा नजाने मनस्थितिमा रहेको उनी निकट स्रोतको दाबी छ ।

बिसीलाई एमाले महासचिव शंकर पोखरेलको साथ रहेको तथा गुरुङ्गलाई एमाले केन्द्रीय सदस्य तथा बाँकेका प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्री, एमाले नेतृ शान्ति ढकाल लगायतको साथ रहेको बताइएको छ ।

उपाध्यक्षमा प्रदेश सरकारका मन्त्री रत्न खत्री, युवा नेता रविन्द्र लम्साल, सुमन मल्ल, इन्द्रबहादुर थापाको उम्मेदारी परेको छ । सचिवमा दत्तप्रसाद आचार्य, भीम वली, बलाराम भट्टराई, खिलप्रसाद भुसालले उम्मेदारी दिएका छन् भने उपसचिवमा भने ९ जनाको उम्मेदारी परेको छ ।

निर्वाचन समितिका सदस्य भेषराज बस्नेतका अनुसार आज राती १० बजेसम्म उम्मेदारको दावी विरोध र आइतबार बिहान ९ बजेदेखि निर्वाचन गर्ने समितिले तयारी गरेको छ । ४६८ जना प्रतिनिधि रहेको अधिवेशनबाट १२० सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  १० : ५० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको