२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

बैंगलुरु आइपिएलको प्लेअफमा प्रवेश



काठमाडौं । चेन्नइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा प्रवेश गरेको छ । घरेलु मैदानमा गए राति भएको खेलमा बैंगलुरुले चेन्नइलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो । समान १४ अंक भए पनि नेटरनरेटमा चेन्नेइ, दिल्ली र लखनउलाई पछि पार्दै बैंगलुरु चौथो स्थानमा रहन सफल भएको हो ।

२१९ रनको लक्ष्य पछ्याएको चेन्नइले ७ विकेट गुमाउँदै १९१ रन मात्रै बनायो । चेन्नइका रचिन्ल रवीन्द्रले ६१, रवीन्द्र जडेजाले ४२, अजिङ्क्या राहानेले ३३ र महेन्द्र सिंह धोनीले २५ रन बनाए ।

बैंगलुरुका यश दयालले २, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलुरुले ५ विकेटको क्षतिमा २१८ रन बनाएको थियो । बैंगलुरुका कप्तान फ्याफ डु प्लेसिसले ५४, विराट कोहलीले ४७, रजत पतिडरले ४१, क्यामरन ग्रीनले ३८, ग्लेन म्याक्सवेलले १६ र दिनेश कार्तिकले १४ रनको योगदान गरे ।

चेन्नइका शार्दुल ठाकुरले २, तुशार देशपाण्डे र मिचेल स्यान्टनरले एक/एक विकेट लिए । यसअघि आईपीएलको प्लेअफका चार वटा टोलीको टुंगो लागिसकेको छ । १९ अंकका साथ कोलकाता पहिलो स्थानमा छ । प्लेअफ पुगिसकेका राजस्थान रोयल्स र सनराईजर्स हैदराबाद दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ६ : ५८ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य