९ श्रावण २०८३, शनिबार | July 26, 2026

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने



काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिन नदिने बताएका छन् । संसदमा गृहमन्त्री रबि लामिछाने बोले लगत्तै पत्रकार सम्मेलन गरेका महामन्त्री थापाले संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि बस्ने संसद बैठक चल्न नदिने बताएका हुन् ।

आइतबार कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गरी संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक पनि चल्न नदिने बताएका हुन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । महामन्त्री थापाले जुन उद्देश्यका लागि छानबिन समिति माग गरिएको हो, त्यही अनुसार गठन भए मात्र संसद चल्ने बताए ।

महामन्त्री थापाले गृहमन्त्री लामिछानेले संसद‍्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोता जस्तो भएको टिप्पणी गरे । उनले संसद बैठकमा गृहमन्त्रीले फाइल खोलिदिऊँ ? भनेर भनेको सुन्दा आफू चकित भएको बताए । धमाधम फाइल खोल्नुपर्ने गृहमन्त्रीले बार्गेनिङ शैलीमा ुफाइल खोलिदिऊँ ?ु भनेको महामन्त्री थापाले बताए ।

‘गृह मन्त्रालय भनेको त ठुलो जिम्मेवारी हो नि । हाम्रो सरकारको कार्य सञ्चालन नियमावलीले पनि गृह मन्त्रालयलाई त्यसमाथि पनि अझ उपप्रधानमन्त्री कति धेरै महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ । आज मैले उहाँले भन्दैगर्दा यसो सुनेको थिए–म तेरो फाइल खोलिदिऊ?, म तेरो अनुसन्धान गरिदिऊँ ? मेरो गर्छु भन्छस् भने तेरो पनि गरिदिन्छु,’ उनले भने, ‘अरे बाबा, गृहमन्त्रीले यस्तो भन्न मिल्छ र ? गृह मन्त्रीले त धमाधम फाइलको पनि खोल्ने हो ।’

 

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ८ : ४२ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको