२९ भदौ २०८३, सोमबार | September 15, 2026

उपाध्यक्ष डा. लामाद्वारा लुम्बिनी प्रभाको विमोचन



लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको पुस्तक विमोचन तथा छात्रवृत्ति वितरण कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनी प्रवाहको विमोचन गर्दै लुम्बिनी प्रवाहले विश्वलाई लुम्बिनीलाई चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

बुद्धकालीन सभ्यतासँग जोडिएको लुम्बिनी प्रभाले सम्पुर्ण लुम्बिनी क्षेत्रलाई पुस्तकमा उतारिएकोमा खुसी व्यक्त गरेका हुन् । विद्वानहरु, संस्कृति तथा पुरातत्वसम्बन्धी विज्ञहरु सहितको सहभागीतामा अनुसन्धानमुलक सामाग्री बनेकोमा खुसी व्यक्त गरेका हुन् ।

लुम्बिनी प्रवाहले लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह (पण्डितपुर) लगायत क्षेत्रहरुको महत्त्वलाई उजागर गरेको बताएका छन् । आगामी दिनमा थेरवाद, महायान र बज्रयान सम्प्रदायमा बुझ्ने गरि यस्तै पुस्तक प्रकाशन गर्न समेत आग्रह गरेका छन् । बुद्धदर्शन बारे गहिरो अनुसन्धान र अभ्यास गरेर पुस्तकहरु प्रकाशन गरेमा व्यक्तिगत रुपमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

लुम्बिनी बौद्धविश्वविद्यालय र लुम्बिनी विकास कोष एक सिक्काको दुईपाटा रहेको भन्दै उपाध्यक्ष डा. लामाले विश्वविद्यालयका प्राध्यापक, शिक्षक कर्मचारी र विद्यार्थीहरुको थप उच्च मनोबल बनाएर सिर्जनशील हुदै अगाडि बढ्ने वातावरण बनाउने छात्रवृत्ति लगायतको कार्यक्रमलाई अगाडि बढाउने समेत कार्यक्रममा जानकारी गराएका हुन् ।

कार्यक्रममा BTTM 6h सेमेस्टर (GDS) विद्यार्थीलाई प्रमाणपत्र सहितको सम्मान समेत गरिएको थियो भने कार्यक्रममा क्याम्पस प्रमुख डा. निरबहादुर गुरुङ, डा विमलेन्द्र कुमार, फनिन्द्र कुमार न्यौपानेले किताब सफलताको शुभकामना सहित छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  १० : ४७ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ