१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

बाँकेका पत्रकारलाई चुनाव लाग्यो, २६ गते बाँके शाखाको निर्वाचन



नेपालगन्ज । नेपाल पत्रकार महासंघको बाँके शाखाको ३ वर्षे कार्यकालका लागि चुनावी सरगर्मी सुरु भएको छ । महासंघको बाँके शाखाले केन्द्रको निर्धारित कार्यक्रम अनुसार अधिवेशन र निर्वाचनको तयारी थालेसँगै चुनावी सरगर्मी सुरु भएको हो ।

नेपाल पत्रकार महासंघ, बाँके शाखाले जेठ २६ गते हुने निर्वाचनका लागि निर्वाचन समिति र १९ गते हुने साधारणसभामा वितरण गरिने पुरस्कार छनौटका लागि छुट्टा छुट्टै समिति गठन गरेको छ ।

शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा आज बसेको कार्य समितिको बैठकले खबरकराका प्रबन्ध सम्पादक शरण कर्माचार्यलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ भने निर्वाचन अधिकृतमा अधिवक्ता केशव कोइराला र पत्रकार दिपेन्द्र धिताललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

महासंघको १४ औं सभाधारण सभामा वितरण गरिने विभिन्न पुरस्कारको छनौटका लागि पत्रकार रुद्र सुवेदीलाई छनौट समितिको संयोजक बनाइएको छ । छनौट समितिको सदस्यमा डा. डक्ट धिताल र नविन गिरी रहेका छन् ।

सचिव कमल डाँगीका अनुसार, शाखाको अधिवेशन एवं १४ औं साधारण सभा जेठ १९ गते गरिदैछ । त्यसका लागि अध्यक्ष भण्डारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ११ : १६ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा