३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

बुटवल हस्पिटलको सेवा अव नयां भवनबाट



बुटवल । बुटवल हस्पिटल प्रा ली ले नयां भवनबाट सेवा शुरु गरेको छ । बुटवल उपमहानगरपालिका वडा न ६ चांदवारी चोकको उत्तरपट्टि आफनै सुविधा सम्पन्न भवनवाट सेवा शुरु गरेको हो । विगत २४वर्षदेखि बुटवलको अस्पताललाईनबाट स्वाथ्य सेवा प्रदान गर्दै आएको हस्पिटलले अत्याधुनिक उपकरणहरु समेत थप गरि सेवा विस्तार गरेको हो ।

सरकारले स्वाथ्य संस्थाहरुलाई पुर्वाधार निमार्णका लागि दिएको समयभित्रै बुटवल हस्पिटलले भवन निमार्ण गरि सेवा शुरु गरेको हो ।
स्वाथ्य क्षेत्रमा आएका आधुनिक उपकरणहरु समेत जडान गरि बुटवल हस्पिटलले एक पटकमै धेरै मोडुलर अप्रेशन थ्रेटरहरु संचालनमा ल्याएको छ । जसका कारण ठुला दुर्घटनाहरु भएको खण्डमा पनि बुटवलबाट विरामी रिफर गर्न नपर्ने अवस्था आएको अस्पतालको दावी छ ।

अहिले अस्पतालमा एक दर्जनभन्दा वढि बिशेषज्ञ चिकित्सकहरुले सेवा प्रदान गरिरहेका छन् । करिब २ सय स्वाथ्यकर्मी तथा कर्मचारीहरु रहेका छन् । आसियू, भेन्टिलेटर फिजियो सहितका सुविधा रहेको हस्पिटलको भौतिक संरचना देशकै ठुला अस्पतालहरुकै शैलीमा निमार्ण भएको छ । ५० वेडको स्वीकृत पाएको हस्पिटलले एक सय वेड स्वीकृतीका लागि सम्वन्धीत निकायमा आवेदन पेश गरेको अस्पताललका अध्यक्ष चुन्न प्रसाद शर्मा पौडेलले बताए । उनले भने – ‘बुटवल मेडिकल हब हो भन्ने प्रमाणित गर्नका लागि पनि हामीले उपकरण, दक्षजनशक्ति र भौतिक पुर्वाधारको समिश्रणमा जोड दिएका छौं, अशा छ अवका दिनमा यहांबाट विरामीहरु सेवा लिन काठमाडौं र भारतिय बजारहरुमा जान रोकिने छ ।’

पश्चिम नेपालकै उपचारका लागि केन्द्र मानिने बुटवलमा प्रविधि, भौतिक पुर्वाधार र दक्षजनशक्तिको सन्तुलन मिले बिरामीका लागि धेरै सजिलो हुने अस्पतालका मेडिकल निर्देशक डा कृष्ण खनालको भनाई छ ।

उपचारका नाममा धेरै ठुलो रकम बाहिरिने तथ्य रहेको भन्दै लुम्बिनी प्रदेशका पुर्व स्वाथ्य मन्त्री माननिय विष्णु पन्थीले बुटवल हस्पिटल नीजि क्षेत्रको भएर पनि बुटवलका लागि गौरव रहेको बताए । उनंले तत्काल एक सय वेड संचालनको अनुमती प्रदेश सरकारले दिने भन्दै बुटवलमा बल्ल अस्पतालको जस्तो भवन निमार्ण भएको बताए ।

दुई वटा लिफ्ट, प्रशस्तै पार्किङ भएकोले विरामीहरुका लागि निकै सहज भएको अध्यक्ष पौडेलले बताए । बुटवलमा आईसीयू अभावमा दैनिक विरामीहरु रिफर गर्नु पर्ने अवस्था रहेकोले त्यसको पुर्ति अब बुटवल हस्पिटलले गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ६ : २९ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६