४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रसुति कक्षमा भर्ना भएकी गर्भवतीलाई कोरोना पुष्टि, भेरी अस्पतालको प्रसुति कक्ष सिल



नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा शल्यक्रियाको तयारी गरिएकी गर्भवती महिलामा कोरोना पुष्टि भएपछि अस्पतालको प्रसुति कक्ष सिल गरिएको छ । महिना पुगेर डेलिभरीको लागि अस्पतालको प्रसुति कक्षमा भर्ना भएकी गर्भवति महिलामा कोरोना संक्रमण पुष्टि भए पछि प्रसुति वार्ड सिल गरिएको हो ।

रुकुम चौरझारीकी ती महिला बुधवार भर्ना भएकी थिईन् । उनको महिना पुगिसकेकाले विहीवार शल्यक्रिया गर्ने तयारी गरिएको थियो ।तर, शल्यक्रियाको तयारी भइरहेका बेला उनलाई एक्कासी ज्वरो आएपछि कोरोना परीक्षणका लागि स्वाव लिईएको थियो । शनिवार उनको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमितलाई नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लैजाने तयारी भइरहेको भेरी अस्पतालले जनाएको छ । शिक्षण अस्पताल कोहलपुरलाई सरकारले कोभिड ३ लेभलको अस्पतालको मान्यता दिएकाले उनलाई त्यस तर्फ लैजान थालिएको बताईएको छ ।

जटिल खालका कोरोना संक्रमित विरामीहरुको शिक्षण अस्पताल कोहलपुरमा उपचार हुने गरेको छ । यसअघि नै अस्पतालले कोरोना संक्रमित तीन जनाको सफल शल्यक्रिया गरिसकेको छ ।

भेरी अस्पतालले सिल गरिएको प्रसुति वार्डलाई सेनेटाईज गरेपछि मात्र सञ्चालनमा ल्याउने जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ९ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको