७ पुस २०८२, सोमबार | December 22, 2025

चक्रवात रेमाल : बंगलादेशको तटीय क्षेत्रमा हजारौं मानिस सुरक्षित स्थानतर्फ सारिदै



काठमाडौं । चक्रवात रामलले गति लिएपछि बंगलादेशको तटीय क्षेत्रसँग जोडिएका धेरै गाउँहरू खाली गरिँदै छन् । हजारौं मानिसहरु सुरक्षित स्थानको खोजीमा गाउँमा घरबार छाडिरहेका छन् ।

चक्रवात रेमाल आइतबार साँझ ठूलो चक्रवाती आँधीमा परिणत हुने अनुमान गरिएको छ ।

तटीय क्षेत्रका माछा मार्नेहरूलाई समुन्द्रमा नजान आग्रह गरिएको छ । समुन्द्रतर्फ गएकाहरुलाई जतिसक्दो चाँडो फर्किन भनिएको छ ।

यो चक्रवात २६ मेको मध्यरातमा बंगलादेश र पश्चिम बंगालको तटमा पुग्न सक्ने बताइएको छ । भारतीय मौसम विज्ञान विभागले सागर टापुबाट करिब ४२० किलोमिटर दक्षिणमा रहेको पूर्वी-मध्य बंगालको खाडीमा रहेको भारी न्यून चापीय रेखा रहेको जनाएको छ ।

पश्चिम बंगालको दक्षिण २४ परगना र उत्तर २४ परगना जिल्लाहरूमा पनि चेतावनी जारी गरिएको छ र मानिसहरूलाई कमजोर भवनहरू खाली गर्न भनिएको छ ।

हावाहुरीका कारण धेरै ठाउँमा बाढी आउन सक्ने तथा बिजुली तथा सञ्चार सम्पर्कमा क्षति पुग्न सक्ने मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ७ : २६ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि