५ श्रावण २०८३, मंगलबार | July 21, 2026

लामो दूरीका सवारी सञ्चालन अन्योलमा, सुरक्षा मापदण्डका विषयमा मतभेद



काठमाडौं । १ भदौदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि सुरक्षा मापदण्डका विषयमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच मतभेद देखिएको छ । यातायात व्यवसायीले सामाजिक दूरी कायम गर्ने विषयमा अनभिज्ञता प्रकट गरेका छन् ।

प्राविधिक विषयमा नै विवाद रहे पनि कोभिड-१९ को सङ्क्रमण बढ्दै गएका कारण भदौ १ देखि नै लामो दूरीका यातायात चल्ने विषयमा पनि प्रश्न रहेको छ । चल्ने भएको खण्डमा आफूहरू लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी चलाउन तयार रहेको भए पनि सुरक्षा मापदण्डबारे कुनै जानकारी नै नभएको महासङ्घका महासचिव सरोज सिटौलले बताए ।

छोटो दूरीको मापदण्ड लामो दूरीलाई काम नलाग्ने उनको भनाइ छ । उनले मास्क तथा स्यानिटाइजरप्रयोगको कुरा समान्य भएको भन्दै यात्रुको व्यवस्थापनबारे ठोस निर्णय हुनुपर्ने बताए । सबै सिटमा यात्रु राख्न पाइने वा नपाइने कुरा पनि लामो दूरीलाई नभनिएको सिटौलाको भनाइ छ ।

उता कोरोना सङ्क्रमण फैलने क्रम जारी रहेको र केही जिल्ला सिलबन्दी गरिएको अवस्थामा लामो दूरीका सवारी सञ्चालन हुन्छन् वा हुन्नन् भन्ने नै भन्न नसकिने अवस्था छ तर व्यवसायी चलाउन तयार रहेको र सरकारले के गर्छ भन्नेमा नै रहेको पनि सिटौलाले बताए ।                  यातायात व्यवस्था विभागले भने भदौ १ देखि चलाउने निर्णय भइसकेको तर त्यसपछि अर्को निर्णय नभएकाले सोही निर्णय नै कार्यान्वयन हुने जनाएको छ । सरकारको निर्णय र घोषणा गरेका सुरक्षाका मापदण्ड नै लामो दूरीका सवारीले पनि लागू गर्नुपर्ने विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘भदौ १ देखि चलाउने निर्णय भइसकेको छ, अर्को निर्णय नहुँदासम्म त्यही नै कार्यान्वयन हुन्छ । जहाँसम्म सुरक्षाको सवाल छ, त्यसमा सरकारले तोकेका मापदण्डलाई अपनाउनुपर्छ, मास्क स्यानिटाइजरअनिवार्य छ, ज्वरो नाप्ने व्यवस्था हुनुपर्छ अनि सामाजिक दूरी कायम गरेर यात्रु राख्नुपर्छ ।’ तर, महासचिव सिटौला भने ५० प्रतिशत यात्रु मात्र चढाउने गरी सामाजिक दूरी कायम गर्ने अवधारणा त छोटो दूरीकालाई भनिएको थियो भन्दै लामो दूरीको विषयमा सुरक्षा मापदण्डबारे छलफल नै नभएको बताउँछन् ।
उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ७ : २४ बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको