१२ असार २०८३, शुक्रबार | June 26, 2026

सिरोहिया पक्राउ प्रकरण : मह जोडीले मागे माफी



काठमाडौं । वरिष्ठ हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा बोलेको विषयको चौतर्फी आलोचना भएपछि माफी मागेका छन् ।

सोमबार दुवैले एक भिडियो सन्देस जारी गर्दै अदालतमा विचाराधीन विषयमा आफूहरूले दिएको अभिव्यक्ति गलत भएको भन्दै माफी मागेका हुन् ।

सिरोहिया पक्राउ बारे मह जोडीको अभिव्यक्तिपछि उनीहरुको सामाजिक सञ्जालमा कडा आलोचना भएको थियो ।

‘हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौँ । त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ । एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो,’ भिडियोमा उनीहरुले भनेका छन्- ‘हामी पनि के बोल्ने भनेर अकमकियौँ । अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो । हामीबाट त्रुटि भयो । त्यसका लागि हामीलाई यत्रो वर्ष आफ्नो सम्झेर माया गरिदिनुभयो । यो पटक पनि सबै कुरा बिर्सिदिएर हामीलाई माफ गर्दिनु होला ।’

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  १२ : ५३ बजे

रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल