४ पुस २०८२, शुक्रबार | December 19, 2025

लियो क्लब अफ बुटवल मेट्रोसिटीद्वारा लिडरसिप अभिमुखीकरण तालिम सम्पन्न



बुटवल । लियो क्लब अफ बुटवल मेट्रोसिटीले लिडरसिप अभिमुखीकरण तथा उद्घोषण तालिम सम्पन्न गरेको छ ।

आफ्ना क्लबका सदस्यहरुको क्षमता विकासका लागि क्लबले सो कार्यक्रम गरेको हो । सामाजिक संघसंस्थामा आवद्ध व्यक्तिहरुको नेतृत्व तथा क्षमता विकास गराउने मुख्य उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष मनोज गौतमले बताए ।

क्लबको वार्षिक कार्यक्रम अन्र्तरत यो तालिम राखिएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लियो गोबिन्द बन्जाडेले लियो क्लब अफ बुटवल मेट्रोसिटीले स्थापनाकालदेखि नै निकै महत्वपूर्ण कामहरु गर्दै आएको बताए ।

क्लबले जुनखालको लिडरसिप अभिमुखीकरण तथा उद्घोषण तालिम दिएर क्लबका मेम्वरहरुको क्षमता विकास गर्ने योजना बनायो अगामी दिनमा यस्ता क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिन उनले आग्रह गरे ।

कार्यक्रममा राजिव जंग कुँवर, विनोद सुवेदी, विदुर पौडेल लगायतले मन्तव्य राखेका थिए । क्लवका सचिव मित्रजन भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा लियो गोविन्द बन्जाडे र गोविन्द बस्नेतले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ८ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको