१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बाँकेमा कोरोना पुष्टि भएका कम्तीमा १४ संक्रमित प्रशासनको सम्पर्क बाहिर, खोजीकार्य जारी, समुदाय थप जोखिममा



नेपालगन्ज । बाँकेमा स्वास्य कार्यालय, प्रयोगशाला र स्थानीयतह बीच समन्वय नहुँदा कोरोना संक्रमण पुष्टि भएका कम्तीमा १४ जना सम्पर्क बाहिर पुगेका छन् ।

बाँकेमा प्रयोगशालाको रिपोर्टको राम्रोसँग बिश्लेषण नगरी क्वारेन्टिनमा बसेकाहरुलाई घर पठाउने र घर पठाईसकेपछि उनीमा कोरोना देखिने गरेको छ ।

साउन २३ र २४ गते परिक्षण गरेर कोरोना पुष्टि भएका मध्य कम्तीमा १४ जना आईतबार बिहानसम्म सम्पर्कमा नआएको स्वास्थ्य कार्यालय स्रोतले जनाएको छ ।

२३ गते भेरी अस्पताल प्रयोगशालामा परिक्षण गरिएका मध्य ३ जना सम्पर्क बाहिर रहेको स्रोतले उल्लेख गरेको छ भने २४ गते आएको पोजिटिभ रिपोर्टकाहरु मध्ये ११ जना सम्पर्क बाहिर रहेको उल्लेख गरेको छ ।

स्रोतका अनुसार उनीहरु नगरपालिकाका स्वास्थ्य निरिक्षक जागेश्वर बस्नेतले पुरा रिपोर्ट नआउंदै क्वारेन्टिनबाट घर पठाएका व्यक्तिहरु हुन् । स्वास्थ्य कार्यालयका नेपालगन्ज उपमहानगर अन्तर्गतका अधिकृत रामबहादुर चन्दले भने आफुलाई यो सम्बन्धमा जानकारी नभएको प्रतिक्रिया दिए ।

अस्पतालमा स्वाव पठाउँदा विवरण खुलेको नाम ठेगाना नटिपाउने, प्रयोगशालाको रिपोर्टको बिश्लेषण नगरि क्वारेन्टिनबाट घर पठाउने तथा संक्रमण पुष्टि भए लगत्तै उनीहरुको खोजिमा तदारुकता नदेखाउने गरिएपछि समुदायमा अझै जोखिम बढेर गएको छ ।

२३ गते पुष्टि भएका ३ जना र २४ गते पुष्टि भएका ११ जना कहाँ छन् र उनीहरुले कतिजनालाई संक्रमण फैलाए भन्ने बिषयमा समयमा बिश्लेषण नगर्ने हो भने बाँकेमा कोरोनाले अझै बिकराल रुप धारण गर्ने सम्भावना देखिएको छ ।

बाँकेमा कोरोना संक्रमणले समुदायस्तरमा आक्रमण गरिसक्दा पनि सम्बन्धित निकायले गम्भिरता नअपनाएको पुष्टि भएको छ ।

शनिबारमात्र भेरी अस्पतालमा संक्रमण पुष्टि भएकी गर्भवती महिलाको उपचारमा संलग्न नर्सिङ स्टाफ र स्वास्थ्यकर्मीबाटै अन्य गर्भवती तथा बिरामीको उपचार भईरहेको छ ।

अस्पतालमा उपचारका लागि पुगेका गर्भवतीका आफँतले संक्रमितको उपचारमा संलग्न नर्सिङबाटै सेवा सुचारु गरिएको बताएपनि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रकाश थापाले भने आरोपको खण्डन गर्दै २ जना चिकित्सक र ३ जना नर्सिङ स्टाफलाई क्वारेन्टिनमा पठाईएको दाबी गरे ।

पछिल्लो दिनमा बाँकेमा भाइरसका संक्रमित बिरामी निरन्तर बढिरहेका छन् । समुदायस्तरमै संक्रमण फैलिएपछि बाँके प्रशासनले नेपालगन्ज उपमहानगरका कतिपय क्षेत्रमा साउन २७ गते राति १२ बजेसम्म सिल गरेको छ । स्थानीय प्रशासनले गरेको सिललाई कार्यान्वयन गर्न नेपालगन्ज उपमहानगर क्षेत्रमा सेना परिचालन समेत गरिएको छ । गयरातीबाट नेपालगन्जका बिभिन्न स्थानहरुमा सेना परिचालित भएका छन् ।

बाँके जिल्लाभर लगाइएको निषेधाज्ञालाई पनि साउन २७ राति बजेसम्म नै थप गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ९ : ४७ बजे

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना