२८ मंसिर २०८२, आइतबार | December 15, 2025

बुटवल उपमहानगरपालिका र वडा नम्बर २ को संयुक्त लगानीमा जिम हाउस सञ्चालन



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर २ तल्लो फुलबारीमा जिम हाउस शुभारम्भ भएको छ । बुटवल उपमहानगरपालिका र वडा नम्बर २ को संयुक्त लगानीमा जिम हाउस सञ्चालनमा आएको हो ।

जिम हाउसको मंगलबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले बुटवलको विकास संभावना बोकेको वडा नम्बर २ भएको बताउँदै उनले वडा २ ले नै बुटवलको समृद्धिमा महत्पूर्ण भुमिका खेल्ने बताएका थिए । वडामा हुने हरेक कामलाई जनताको पहुँच पुग्ने खालको हुनुपर्ने भन्दै उनले जनताले प्रत्यक्ष लाभ पाउने गरी विकासलाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।

उनले भने- ‘बुटवलले रोजगारी वृद्धिका लागि युवा लक्षित तालिम चलाउँदै आएका छौ ।’ वडा २ का अध्यक्ष शुनिल शाक्यले जिम हाउस निर्माणपछि वडावासीलाई स्वास्थ अभियानमा जोड्न पाउँदा खुसी लागेको बताए ।

उनले आफु अघिल्लो कार्यकालमा वडा सदस्य हुँदा खेरी नै जिम हाउसको अभियान सुरुवात गरिएको बताउँदै आफु वडा अध्यक्ष भएपछि जिम हाउस उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए । उनले युवाहरुलाई जिम हाउस मार्फत स्वाथ्य अभियानमा जोड्न पाउँदा धेरै खुसी भएको बताए ।

२ का वडा सचिव उषा ढुंगानाले नगरपालिकाको २० लाख आर्थिक सहयोगमा जिम हाउस निर्माण गरिएको जानकारी दिईन । कार्यक्रममा वडा २ का निर्वतमान अध्यक्ष रमेश नेपाल, वडा सदस्य गौतमलाल शाक्य लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ११ : ०८ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर