७ पुस २०८२, सोमबार | December 22, 2025

भारतमा भीषण गर्मी, तापक्रम ५० डिग्री पुग्यो



उत्तर र मध्य भारतमा भीषण गर्मीको लहर चलिरहेको छ । मंगलबार चुरु, राजस्थान र हरियाणामा तापक्रम ५० डिग्री पुगेको थियो । दिल्लीका तीन मौसम केन्द्रहरूले तापमान ४९ डिग्रीसम्म रेकर्ड गरेका छन् ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी)ले दिल्लीको मुंगेशपुर र नरेलामा ४९।९ डिग्री सेल्सियस र नजफगढमा ४९।८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको जनाएको छ ।

राजधानी दिल्लीमा यो सिजनको सबैभन्दा उच्च तापक्रम हो । यद्यपि, मुंगेशपुर र नरेला मौसम स्टेशनहरू २०२२ मा स्थापना भएका थिए र विगत तीन वर्षको लागि मात्र रेकर्डहरू छन् । आईएमडीले मे ३० पछि गर्मीको लहरबाट राहत पाउन सक्ने बताएको छ ।

आईएमडीले बिहीबार उत्तर-पश्चिम भारतका केही भागहरूमा पश्चिमी विक्षोभको अपेक्षा गरेको छ, जसले सप्ताहन्तमा केही वर्षा हुन सक्छ । उत्तर-पश्चिम र मध्य भारतमा तातो लहरको अवस्था पश्चिमी विक्षोभको अनुपस्थितिलाई श्रेय दिएका छन् ।

भारतको मौसम बिभागका अनुसार, १० मौसम केन्द्रहरूले यस महिनाको सबैभन्दा बढी तापक्रम रेकर्ड गरेको छ (जसमा आगरामा ४८.६ डिग्री सेल्सियस, बिहारको देहरी ४७ डिग्री सेल्सियस, उत्तर प्रदेशको हमीरपुर ४८.२ डिग्री सेल्सियस, उत्तर प्रदेशको झाँसी ४९ डिग्री सेल्सियस सेल्सियस, हरियाणाको नारनौल ४८.५ डिग्री सेल्सियस, अयानगर(दिल्लीको ४७.६ डिग्री सेल्सियस, नयाँ दिल्ली-रिज ४७.५ डिग्री सेल्सियस, मध्य प्रदेशको रीवा ४८.२ डिग्री सेल्सियस, हरियाणाको रोहतक ४८.१ डिग्री सेल्सियस र उत्तर प्रदेशको वाराणसी ४७.२ डिग्री सेल्सियस रहेको छ ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  २ : २० बजे

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम