४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना संक्रमण पुष्टिमा वीरगन्जको अग्रता कायम, प्रहरी र भारतीय दुतावासका कर्मचारी सहित ७५ संक्रमित थपिए



वीरगन्ज । १५ जना महिला र ६० जना पुरुषको संक्रमण पुष्टि गर्दै पर्साले आज पनि देशका अन्य जिल्लाहरुलाई उछिनेको छ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा १५ जना महिला र ६० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ, जसमा ९ जना प्रहरी रहेका छन् । एकै दिन ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्सामा वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ जना बारा र एकजना सर्लाहीका नागरिक भएको नारायणी अस्पतालले जनाएको छ ।

संक्रमित मध्य ८ जना संक्रमितमा ज्वरो र खोकीका लक्षण भएका छन् । ७५ जना मध्य ११ जना शुल्क तिरेर कोरोना परीक्षण गर्न आएका थिए भने २९ जना संक्रमितसँग कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ देखिएका हुन् । अस्पतालका अनुसार वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एकजना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ ।

शनिबार राति गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना प्रहरी, २ जना बारुणयन्त्रका कर्मचारी रहेका छन् । साउनमा मात्र पर्सामा ८ सय ३८ नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १२ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको