५ बैशाख २०८३, शनिबार | April 18, 2026

भारतमा बढ्दो तापक्रमले स्वास्थ्य सङ्कट निम्त्याउन सक्ने विज्ञहरूको चेतावनी



नयाँदिल्ली । भारतमा बढ्दो तापक्रमले देशका भीडभाडयुक्त सहरहरूमा स्थितिमा प्रतिकूल प्रभाव पारिरहेको छ । साथै चरम गर्मी द्रुतरूपमा सार्वजनिक स्वास्थ्य सङ्कटको विषय बनिरहेको विज्ञहरूले बिहीबार बताएका छन् ।

भारतका धेरै सहरले ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमका साथ अत्यधिक गर्मीको लहर झेलिरहेका छन् । तीन करोडभन्दा बढी जनसङ्ख्या भएको राजधानी नयाँदिल्लीमा बुधबार उच्च तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार सहरका एक मजदुरको गर्मीका कारण मृत्यु भएको छ ।

“सहरीकरण र जलवायु परिवर्तनको प्रभावबाट सहरहरू बढी जोखिममा छन,”, अनुसन्धान संस्थान क्लाइमेट ट्रेन्ड्सकी निर्देशक आरती खोसलाले भनिन, “बढ्दो जनसङ्ख्याका कारण मौसमको ढाँचा परिवर्तन हुँदै जाँदा अत्यधिक गर्मी, खडेरी र कम वर्षाका दिनहरूको सामना गर्नुपरेको छ ।”

खोसलाले बढ्दो तापक्रम आजका दिनमा भारतको कल्याणका लागि सबैभन्दा ठूलो खतरा रहेको साथै दिल्ली र अन्य क्षेत्रको हालैको तापक्रम मानव अस्तित्वका लागि खतराको प्रमाण भएको बताइन ।

भारत गर्मीसँग अपरिचित छैन तर जलवायु परिवर्तनका कारण तापक्रम अत्यधिक, बारम्बार र अधिक तीव्र गतिले फेरबदल भइरहेको वर्षौंको वैज्ञानिक अनुसन्धानले देखाएको छ ।

नयाँदिल्लीको सेन्टर फर साइन्स एन्ड इन्भाइरोमेन्ट (सिएसई) ले यस महिना प्रकाशित गरेको एक अध्ययनअनुसार भारतीय सहरहरू २००१-२०१० को दशकमा जति चिसो थिए त्यति हाल रातमा पनि चिसो नभएको बताएको छ । “तातो रातहरू दिउँसोको चरम तापक्रम जत्तिकै खतरनाक हुन्छन् । यदि रातभरि तापक्रम उच्च रह्यो भने मानिसहरूले दिनको गर्मीबाट निको हुने सम्भावना थोरै हुन्छ र यसले शरीरमा लामो समयसम्म तनाव दिन्छ”, अध्ययनले बताएको छ ।

सन् २०१६ मा राजस्थानको थार मरुभूमिको किनारमा रहेको फलोदीमा तापक्रम ५१ डिग्री सेल्सियस पुगेको थियो । यो भारतमा अहिलेसम्मको सबैभन्दा उच्च पुष्टि गरिएको तापक्रम हो ।

अनुसन्धानकर्ताका अनुसार मानव-प्रेरित जलवायु परिवर्तनले भारतमा विनाशकारी गर्मीको प्रभाव निम्त्याइरहेको छ र यसलाई चेतावनीको रूपमा लिनुपर्छ ।

“कोइला, तेल र ग्यास जलाएर र वन विनाशले निम्त्याएको जलवायु परिवर्तनका कारण भारतले यस हप्ता कठिन मौसमी परिस्थितिको सामना गरिरहेको छ”, इम्पेरियल कलेज लन्डनका जलवायुविद् र वर्ल्ड वेदर एट्रिब्युसनका निर्देशक फ्रेडेरिक ओटोले भने ।

विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारत हरितगृह ग्यासहरूको तेस्रो ठूलो उत्सर्जक हो तर २०७० सम्ममा शून्य उत्सर्जन अर्थव्यवस्था हासिल गर्न प्रतिबद्ध रहेको छ । हाल यो विद्युत् उत्पादनका लागि कोइलामा अत्यधिक निर्भर छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ६ : ०२ बजे

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

ताप्लेजुङ । जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा

बलियो पार्टी निर्माणका लागि सबै एक ढिक्का भएर अघि बढौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध