४ पुस २०८२, शुक्रबार | December 19, 2025

पीएसओमा कोरोना पुष्टि भएसंगै नेकपा महासचिव पौडेल क्वारेन्टिनमा



काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव बिष्णु पौडेलको अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि नेकपा महासचिव पौडेल आइतबारदेखि होम क्वारेन्टिनमा बसेका छन् ।

शुक्रबार संकलन गरिएको स्वाव परक्षिणमा पौडेलका पीएसओमा आइतबार संक्रमण पुष्‍टि भएको हो ।

शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएपनि पीएसओमा संक्रमण देखिएपछि पौडेल होम क्वारेन्टिनमा बसेका हुन् ।

पौडेलका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । उनलाई कुनै लक्षण नदेखिएको बताईएको छ । महासचिव पौडेलले आइतबारदेखि सबैखाले भेटघाट बन्द गरेर घरमै बसेका छन् ।

महासचिव पौडेलले खबरकुरासँग कुरा गर्दै आफ्नो स्वास्थ्य ठिक रहेको र पीएसओमा संक्रमण देखिएकाले सम्भाब्य जोखिम नहोस् भनेर क्वारेन्टिनमा बसेको जानकारी दिए ।

उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ५ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको